
नेपालको पछिल्लो घटनाक्रमबारे छिमेकी मुलुक भारतले प्रतिक्रिया दिएको छ ।
बुधबार नयाँ दिल्लीमा आयोजित नियमित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्मद बागचीले नेपालमा विकसित पछिल्ला राजनीतिक घटनाक्रमलाई नेपालको आन्तरिक मामिला भएको प्रतिक्रिया दिएका हुन् ।
प्रवक्ता बागचीले नेपालमा विकसित घटनाक्रमलाई भारतले नजिकबाट नियाली रहेको र ती आन्तरिक मामिला भएको बताए ।
प्रवक्ता अरिन्दम बागचीले भने- ‘नेपाल आफ्नै लोकतान्त्रिक प्रक्रियाभित्रबाट समस्या समाधान गर्न सक्षम छ भन्ने भारतको विश्वास छ ।’ छिमेकी मित्रराष्ट्र भएको नाताले भारतले नेपालको शान्ति, समृद्धि र स्थायित्वको यात्रामा साथ दिने पनि जनाएको छ ।









प्रतिक्रिया