यी स्थानमा आज चट्याङ्गसहित वर्षाको सम्भावना

नेपालमा हाल पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु र पूर्वीय वायुको आंशिक प्रभाव रहेको छ । यसका कारण कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी तथा हिमाली भूभागमा साधारणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाए ।

Advertisement

बिहीबार दिउँसो देशका हिमाली र पहाडी भूभागमा साधारणतया बदली रहने देखिन्छ । कोशी र मधेस प्रदेशका तराई क्षेत्रमा आंशिक बदली भए पनि अन्य तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

चट्याङ्गसहित वर्षाको प्रक्षेपण

कोशी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ । कोशी र मधेस प्रदेशको तराईका एक–दुई स्थानमा पनि चट्याङ्गसहित मध्यमसम्म वर्षा हुन सक्नेछ ।

बिहीबार राति कोशी प्रदेशमा साधारणतया बदली रही अन्य पहाडी क्षेत्रमा आंशिक बदली हुनेछ । रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ ।

तराईमा तातो हावाको लहर

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानहरूमा तातो दिन हुने सम्भावना छ । बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका थोरै स्थानमा पनि तातो हावा चल्ने अनुमान गरिएको छ ।

Advertisement

महाशाखाले तातो दिन हुने क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरे । अन्य तराई भूभागमा भने मौसम मुख्यतया सफा रहने जानकारी दिइयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री