शनिबार, १५ वैशाख २०८१

कोभिड-१९ विरुद्धको खोप लगाउनेलाई उपहारमा गाई

समयपोष्ट २०७८ जेठ १० गते ८:१२

Advertisement

जनतालाई कोभिड-१९ विरुद्धको खोप लगाउन प्रोसाहित गर्ने उदेश्यले थाइल्याण्डमा गाई उपहार दिने योजना ल्याईएको छ ।

थाइल्याण्डको उत्तरी भागमा चियांग माइ प्रान्तको माए चाएम जिल्लाका बासिन्दाहरुका लागि यो योजना अगाडि सारिएको हो ।

अब आगामी जुन महिनादेखि खोप लगाउने मध्येका एक जना गाउँलेलाई हरेक हप्ता एउटा उपहार दिइने छ । त्यसरी गाई जित्ने मानिसको छनोट गोलाप्रथाबाट गरिनेछ । गाईको मूल्य १० हजार भाट हुनेछ । थाइल्याण्डका अन्य प्रान्तहरुमा समेत मानिसहरुलाई खोपका लागि नाम दर्ता गराउन उत्प्रेरित गर्नका लागि सुनको सिक्री उपहार दिनेदेखि पसलमा छुट तथा नगद पुरस्कार लगायतका अफर घोषणा गरिएका छन् ।

२४ हप्ताको लागि सञ्चालन हुने उक्त अभियानप्रति उक्त जिल्लाका ४३ हजार बासिन्दाहरु निकै उत्साहित बनेको बताइएको छ ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री