कार्यदल बैठकमा उठ्यो हस्ताक्षरको विषय, घनश्याम भुसाल देखि भिम रावलसम्म कसले-के भने ?

नेकपा एमालेको विवाद मिलाउन गठित कार्यदलको बैठक मुख्य एजेण्डामा छलफल नै नगरी सकिएको छ ।

Advertisement

शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको बारे माधव नेपाल पक्षका सदस्यहरुकै दुईथरी मत आएपछि बैठक एजेण्डामा प्रवेशनै नगरी सकिएको वार्ता टोली संयोजक सुवास नेम्वाङले बताए ।

नेम्वाङका अनुसार सुरेन्द्र पाण्डे,घनश्याम भुसाल र गोकर्ण विष्टले देउवालाई प्रधानमन्त्री बनाउन आफूहरुले हस्ताक्षर नगरेको बैठकमै जानकारी गराएका थिए ।माधव नेपाल पक्षका वार्ता टोली संयोजक भीम रावलले भने संसदको विघटन रोक्नका लागि हस्ताक्षर गरिएको जवाफ दिएका थिए ।

करीब डेढ घण्टाको छलफल पार्टी अध्यक्षलाई प्रधानमन्त्रीबाट हटाउन आफ्नै सांसदले हस्ताक्षर गरेको कुरा उठेपछि छलफल त्यसमै केन्द्रीत भएको नेम्वाङले बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री