शुक्रबार, ७ वैशाख २०८१

मेट लाइफको कोभिड केयर सहायता कार्यक्रमः तीन दिन मै बीमा भुक्तानी

समयपोष्ट २०७८ वैशाख १९ गते १८:१३

Advertisement

मेट लाइफ नेपालले कोभिड केयर सहायता कार्यक्रमको शुरुवात गरेको छ । जस अन्तर्गत कोभिड–१९ का कारण भएको मृत्यु दावीमा ३ कार्य दिन भित्रै बीमा भुक्तानी सेवा प्रदान गरिने कम्पनीले जनाएको छ ।

यस अन्तर्गत दावी कर्तालाई बीमा दावीका लागि आवश्यक कागजातहरु अनलाइन नै पेश गर्न सक्ने सुविधा दिइएको छ भने लाभार्थीले दावी भुक्तानी तीन कार्य दिन भित्रै सोझै आफ्नो खातामा प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले अधिक जानकारीका लागि सरल चरणबद्ध निर्देशनहरूको अनुशरण गर्न सक्नेछन् ।

दावीका साथै यस कार्यक्रममा कोभिड लक्षण भएका ग्राहकहरूका लागि ३ वटा निदान केन्द्रहरूसँग घरमै आइ पीसीआर परिक्षण प्रदान गर्ने सुविधाको पनि समावेश गरिएको कम्पनीले जनाएको छ ।

यसैगरी, डाँफे केयर मार्फत कोभिड संक्रमित ग्राहक र उनीहरुमा आश्रित परिवारजनहरूको विशेष हेरचाह प्रबन्धन कार्यक्रममा २० प्रतिशत छुटको समेत व्यवस्था छ । १४ दिने हेरचाह प्रबन्धन कार्यक्रममा भर्चुअल डाक्टरहरूद्वारा परामर्श, चिकित्सा परामर्श, निगरानी तथा कोभिड संक्रमित बिरामीहरुलाई आवश्यक औषधी सहयोग समावेश गरिएको कम्पनीले जनाएको छ ।

मेट लाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठले अधिकांश नेपालीहरुलाई विश्वासिलो भविष्य निर्माणका लागि मद्दत गर्न आफ्नो जिम्मेवारीहरू गम्भीरताका साथ लिएर यस्तो कार्यक्रम ल्याएको बताए । उनले यस कोभिड केयर सहायता कार्यक्रमद्वारा ग्राहकहरुलाई कोभिड–१९ बाट उत्पन्न चुनौतीहरूको सामना गर्न केही मात्रामा भएपनि मन शान्ति तथा सुरक्षण प्रत्याभूति प्राप्त हुने बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री