शुक्रबार, ७ वैशाख २०८१

अत्यावश्यक सेवाका हकमा पनि थप कडाइ, बैंकले एक चौथाइ कर्मचारी मात्र राखेर सेवा दिने

समयपोष्ट २०७८ वैशाख १९ गते १२:१०

Advertisement

कोरोना भाइरसको संक्रमण दर उच्च भएसंगै बैंक तथा वित्तीय संस्थाले एक चौथाइमात्र कर्मचारी राखेर सेवा सञ्चालन गर्ने भएका छन् ।

शुक्रबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले अत्यावश्यक सेवाका हकमा पनि थप कडाइ गर्ने निर्णय गरेको थियो ।

त्यसका लागि राष्ट्र बैंकलाई सहजीकरण गर्न भनेको थियो ।

केन्द्रीय बैंकले आज नै सीसीएमसीको निर्णय अनुसार बैंक तथा वित्तीय संस्थालाई निषेधाज्ञा भएका उपत्यका र ठूला शहरमा बैंक तथा वित्तीय संस्थाका एक चौथाइ शाखामा एक चौथाइ कर्मचारी राखेर सञ्चालन गर्न निर्देशन दिने भएको छ । राष्ट्र बैंकको निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाहरुले आजदेखि उक्त व्यवस्था गर्न लागेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री