शुक्रबार, १६ चैत २०८०

घरभाडा तिर्न नसक्दा घरबेटीले राख्न थाले शारीरिक सम्बन्धको माग

समयपोष्ट २०७७ जेठ १२ गते ८:३३

Advertisement

पछिल्लो समय अमेरिकामा घरभाडा तिर्न नसक्दा घरमालिकबाट यौनशोषण शिकार भइरहेका रिपोर्टहरू सार्वजनिक हुँदैछन् ।

बजफिडकाे एक अध्ययनअनुसार कडाउनको बेलामा घरमालिकहरूले भाँडामा बसिरहेका महिलाहरूले भाडाको सट्टा शारीरिक सम्बन्ध राख्नुपर्ने भन्ने माग गरिरहेको छन् ।

देशभरमा लकडाउन र आश्रय–स्थान आदेशले करिब १७ मिलियन श्रमिकहरूलाई बेरोजगार बनाएपछि यौन उत्पीडनको गुनासोको संख्यामा वृद्धि आएको छ ।

महिला स्टेट कमिशनका अनुसार महामारीका क्रममा महिलामाथि हुने यौन शोषण र दुर्व्यवहारका घटनाहरूमा निकै बढिरहेको छ ।

आयोगका कार्यकारी निर्देशक, खारा जाबोला–क्यारोलस आफ्नो अफिसमा विगत दुई दिनमा आएका यौन शोषणका केसहरू गएका दुई वर्षमा भन्दा बढी प्राप्त गरेको बताउँछिन् ।

ओपन कम्युनिटी कानूनी सहायता र निष्पक्ष आवास एजेन्सीका कानूनी निर्देशक शेरिल रिंगले गत महिनामा घर तथा होउजिङ्गसँग सम्बन्धित यौन दुर्व्यवहारको गुनासोमा तीन गुणा वृद्धि देखेको बताएका छन् ।

जमिन्दारहरूले सुरुदेखि आर्थिक कठिनाइहरूको फाइदा लिइरहेका छन् । साथै उनीहरूले भाँडाका लागि यौन सम्बन्धी सम्झौताको लागि दबाब दिने जबरजस्तीसमेत गर्ने गरेको रिंग बताउँछिन् ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री