शुक्रबार, १४ वैशाख २०८१

कोरोना कोषमा स्टान्डर्ड चार्टर्ड बैंकको १ करोड १६ लाख सहयोग

समयपोष्ट २०७७ जेठ ४ गते १९:३१

Advertisement

नेपाल सरकारको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा स्टान्डर्ड चार्टर्ड बैंकले १ करोड १६ लाख रुपैयाँ सहयोग गरेको छ । उक्त सहयोग रकम बैंकका प्रमुख कार्यकारी अधिकृत अनिर्भान घोष दोस्तिदारले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई हस्तान्तरण गरे ।

उक्त अवसरमा दस्तीदारले भने, ‘नेपालमा ३३ वर्षदेखि सेवारत बैंकको रुपमा हामी देशप्रति प्रतिवद्धता दोहोर्याउन चाहन्छौं । हाम्रो ब्राण्डद्वारा गरिएको सहयोगले महामारी नियन्त्रणमा सरकारको कार्यमा योगदान पुग्ने विश्वास छ ।’मन्त्री भट्टले बैंकलाई सहयोगको लागि धन्यवाद ज्ञापन गरेका थिए । यसैगरी, बैंकले यसअघि कोरोनाभाइरसको महामारी नियन्त्रण, रोकथाम तथा उपचारका लागि ग्लोबल फण्डलाई ५० मिलियन डलर सहयोग गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री