शुक्रबार, २३ जेठ २०७७

बीमा क्षेत्र पनि बैङ्किड क्षेत्रकै हाराहारीमा जान्छ,भविष्य उज्वल छ : बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईको अन्तर्वार्ता

चिरञ्जीवी चापागाई -अध्यक्ष, बीमा समिति

समयपोष्ट २०७७ जेठ १ गते ९:३९

पछिल्लो समय बीमा क्षेत्रमा देखिएको वृद्धिको गतिलाई यहाँले कसरी विश्लेषण गर्नुभएको छ ?

कोभिड १९ भन्दा अगाडिको तथ्याङ्कअनुसार हाम्रो वार्षिक वृद्धि प्रिमियमको हिसाबले करिब ५० प्रतिशतको दरले भएको छ भने ‘नम्बर अफ पोलिसी’को दरले २२ देखि २५ प्रतिशतको दरले वृद्धि भएको छ । जुन तीन÷चार वर्ष अगाडि मात्र पनि ७ प्रतिशतको दायरा थियो । वैदेशिक रोजगार म्यादी बीमालाई छोड्ने हो भने आजको दिनसम्म २२ प्रतिशत नेपालीमा यो सेवा पुगेको छ । वैदेशिक रोजगारसमेत जोड्ने हो भने २७ प्रतिशत नेपाली अहिले बीमाको पहुँचमा छन् ।

त्यसैगरी कुल गार्हस्थ उत्पादनमा यसको योगदानका हिसाबले हेर्दा हो भने यो योगदान करिब दुई/तीन वर्ष अगाडि करिब १ प्रतिशत मात्र योगदान थियो भने यो असार मसान्तसम्म यो बढेर ३.४७ प्रतिशत पुग्नेसहितको अनुमान हामीले नेपाल सरकार अर्थ मन्त्रालयमा पनि पठाइसकेका छौँ । यो हेर्दा दुई.चार वर्षको अवधिमा बीमाले जुन वृद्धि समातेको छ त्यो उत्साहप्रद छ भन्ने लाग्दछ ।

हामीलाई अलिकति शङ्का के छ भने कोभिड १९ को कारणले हाम्रो अहिलेको जुन गति छ त्यसलाई समात्न गाह्रो होला कि भन्ने लागेको छ । तैपनि वृद्धि त हुन्छ नै जस्तो लाग्छ । यो दुई÷तीन वर्षमा बीमा क्षेत्रले राम्रै कभरेज गरेको अनुभव मलाई छ ।

यो वृद्धिदरको पछाडिका कारण के के हुन् ?

तीन÷चारवटा कुराले गर्दा यो वृद्धिदर सम्भव भएको हो । सुरुमा कभरेज नै ७/८ प्रतिशतको तल्लो तहमा मात्र थियो । त्यसैले नेपालमा बीमा गर्नका लागि तयार मान्छे धेरै थिए तर उनीहरूमा बीमाप्रतिको विश्वसनीयता थिएन । हामीले बीमाप्रति आममानिसको विश्वास जगाउने काम गर्यौं। यसका लागि जनचेतना अभिवृद्धि गर्ने कामका लागि विभिन्न तहमा अन्तक्र्रिया कार्यक्रम पनि सञ्चालन ग¥यौँ ।

म खुसीसाथ के भन्छु भने बीमा क्षेत्रमा म आउँदा अभिकर्ता आन्दोलनमा थिए । हामीले त्यो सल्टायौँ, मिलायौँ, वृद्धिदर एकदमै सानो थियो अहिले भारत र चीनको मापदण्डमा पुग्नसक्यौँ । कुल गार्हस्थ उत्पादनमा योगदानको हिसाबले ३.५ पुग्न लागिसक्यो । त्यसकारण यो बीमा क्षेत्र शान्त छ । सौहार्दपूर्ण वातावरण छ ।

तीन वर्षदेखि नै लगातार ‘स्थानीय तहसँग बीमा समिति’ भनेर निरन्तर रूपमा कार्यक्रम चलायौँ । यो वर्ष मात्रै कोभिड १९ आउनुभन्दा अगाडि १४ वटा स्थानीय तहसँग काम ग¥यौँ । यसले बीमामा अनुगमन पनि हुन्छ र बीमित तथा बीमकबीच विवाद भयो भने सुनुवाइ पनि हुँदोरहेछ भन्ने विश्वास आमजनतामा पर्न गयो । अर्को दाबीको भुक्तानी पनि समयमै पाइँदो रहेछ भन्ने विश्वासनीय वातावरण बनायो ।

दोस्रो के थियो भने पहिलेपहिले बीमा समिति नियामक र बीमा व्यवसायीबीचमा त्यति धेरै सौहार्दपूर्ण वातावरण थिएन । किनभने हामीले निर्देशन कडा किसिमले गरेजस्तो गर्ने अनि फर्कने गर्दा सौहार्दपूर्ण वातावरण भएन ।

मैले के गरेँ भने, जति पनि नियमन हामीले ग¥यौँ त्यो गर्नुभन्दा अगाडि बीमक सङ्घसँग छलफल गर्छु । आजै पनि सङ्घसँग छलफल थियो । कोभिड १९ को कारणले गर्दा जीवन बीमा र निर्जिवन बीमामा के के सहुलियत, सेवासुविधा र छुट गर्न सकिन्छ त्योबारेमा छलफल गर्नुस् भनेर मैले दुईवटा कमिटी बनाएँ । यो मैले आउँदादेखि नै गर्दै आएको छु । हामीले सहभागितामूलक हिसाबले बीमा क्षेत्रलाई अगाडि बढाउने काम गर्यौं जसले गर्दा बीमा क्षेत्रमा विश्वासको वातावरण बन्यो ।

तेस्रो बीमा कम्पनीहरूको नेटवर्थ पुँजीगत अवस्था पनि सङ्कुचित थियो, सामान्य थियो । २५ र ५० करोड थियो । जसले गर्दा थोरै पुँजी भइसकेपछि थोरै बिजनेस गरे पनि आम्दानी राम्रै हुने । त्यसकारण उनीहरूमा प्रतिस्पर्धाको वातावरण नै भएन । हामीले दुईवटा काम सँगै गरेका हौँ । एउटा १० वर्षदेखि पेन्डिङमा रहेका लाइसेन्स थिए, त्यसलाई फरफारक गर्यौं र अर्को भइरहेका कम्पनी र नयाँ कम्पनीको लागि पुँजी पनि चार गुणाले बढाइदियौं। त्यसैले गर्दा प्रतिस्पर्धात्मक वातावरण सिर्जना भयो ।

बीमा क्षेत्रमा जम्मा तीन÷चार हजार मात्र कर्मचारी थिए भने आजको दिनमा १० हजार कर्मचारीले काम गरेका छन् । त्यसले गर्दा बीमाको क्षेत्र फैलाउने काम ग¥यो । लगभग तीन लाख अभिकर्ता थपिएका छन् । हुम्लादेखि मुगुसम्म हाम्रा जीवन बीमाका अभिकर्ता गाउँगाउँमा पुगेका छन् । साथै बीमा समिति एउटा अर्धन्यायिक निकाय हो । बीमित र बीमकको बीचमा विवाद भएमा बीमा समितिले ती विवादको समाधान गर्ने दुईवटा माध्यम अपनाउँछौँ । एउटा मेलमिलाप गराउछौँ, त्यो गर्दा भएन भने बोर्डले उजुरी सुनुवाइ गरेर निर्णय गरिदिन्छ । यो आर्थिक वर्ष मात्रै फागुनसम्म ५३ वटा केसमा मेलमिलाप गराएका छौँ र एक सयवटा उजुरी सुनुवाइ गरिदिएका छौँ । म आउँदा पाँच वर्षको मुद्दा पेन्डिडमा थिए भने अहिले जम्मा १० महिनासम्मको मात्र मुद्दा पेन्डिडमा छन् । हामी त्यसलाई छिटोभन्दा छिटो तीन महिनाभित्र ल्याउने गरी काम गरिरहेका छाँै । यी तीन/चारवटा कामको कारणले गर्दा यो वृद्धि समात्न सकेको हो ।

अर्को बीमाका लागि प्रिमियम त तिर्न मान्छेको आम्दानीको स्तर पनि बढेको छ । रेमिट्यान्सको कारणले गाउँगाउँसम्म पैसा आउने गरेकाले त्यसले पनि काम गरेको छ । अर्को साक्षरता दर पनि उच्च भएर ७२ प्रतिशत भएको छ । त्यसैले आजको दिनमा २२ प्रतिशतलाई बीमाको दायरामा ल्याउन सक्यौँ ।

सरेन्डर हुने चान्स एकदम घटाउनुपर्छ । त्यसको लागि हामीले अभियान नै चलाउनुपर्छ । मैले बीमा कम्पनीका साथीहरूलाई त्यही भनेको छु । सरेन्डर नगर्नुस् बरु एक/दुई वर्षपछि पनि रिभाइभ गर्छौं भनेर । त्यही स्थानमा बस्यो भने एक/दुई वर्षपछि पनि रिभाइभ गर्दिनसक्छौँ नि त । हामीले त्यो नीति अवलम्बन गर्नुपर्छ ।

अहिले विश्व नै कोरोना प्रभावित छ । हामीकहाँ यसको प्रभाव के परेको छ र कोरोनासँग सम्बन्धित स्वास्थ्य बीमा पनि चलिरहेको छ । यसको प्रभाव कस्तो देखिएको छ ?

कोरोनाको कारणले बीमा क्षेत्रको गतिलाई कसरी असर गर्छ भन्नेबारेमा हामीले छोटो अध्ययन पनि गरिसकेका छौँ । यो कोरोना कहिलेसम्म जान्छ ठेगान नै भएन । त्यसैले यो असार मसान्तसम्म जीवन बीमातर्फ करिब ९० अर्ब र निर्जीवन बीमातर्फ करिब २५ अर्ब गरेर ११५ अर्बको बीमा प्रिमियम कलेक्सन हुन्छ । किनभने १० महिना काम गरिसकेका छौँ । त्यसैले यो आर्थिक वर्षमा वृद्धि चाहिँ गतको भन्दा राम्रै हुन्छ वा यो आर्थिक वर्षमा धेरै असर गर्दैन । आगामी आर्थिक वर्षमा के हुन्छ भने यो मान्छेको आम्दानीमा भर पर्दछ किनभने आम्दानी भएन र बचत गर्न सकेन भने सरेन्डर पो हुन्छ कि । बीमा भनेको त फोर्स सेभिङ हो नि । मान्छेले खान त पर्यो नि पहिला त । त्यसकारण आगामी वर्ष राज्यले कस्तो खालको अर्थनीति लिन्छ, त्यसमा भरपर्छ । जस्तो हामीकहाँ प्रत्येक वर्ष पाँच लाख श्रम बजारमा नयाँ थपिन्छन् । त्यो त छँदै थियो, अब वैदेशिक रोजगारमा गएका छन्, तिनीहरू पनि कोरोनाबाट प्रभावित भएका छन् । त्यहाँबाट नेपालीहरू फर्किन्छन् भन्ने पनि छ । त्यसले गर्दा यो वर्ष मात्र आठ/दस लाख बेरोजगार थपिन्छन् भनेको छ । अब त्यो बेरोजगारलाई राज्यले ठूलो उत्पादनमूलक क्षेत्रमा लगायो र बचत हुने अवस्था आयो भने बीमाको दर घट्छ भन्न सक्दैनौँ । साथसाथै हामीलाई अवसर पनि छ । लकडाउनको प्रभाव हामीलाई ९० प्रतिशत फ्युल त बचेको छ नि । हाम्रो त्यत्रो श्रमशक्ति कृषिमा वा अरू साना तथा मझौला उद्योगतिर लागे भने उत्पादकत्व त बढ्छ होला नि त तर अहिलेसम्म तीन/चार वर्षमा जुन वृद्धिदर थियो नि २२ देखि २५ प्रतिशत त्यो अलिक सम्भव छैन । केही खुम्चिन्छ त्यसैले हामीले लिने अबको नीति भनेको वृद्धिलाई पनि कम्तीमा एउटा लेबलमा ८/१० प्रतिशतको ग्रोथ लिने किसिमले हामीले कायम गर्नुपर्छ । अर्कोतर्फ सरेन्डर हुने चान्स एकदम घटाउनुपर्छ । त्यसको लागि हामीले अभियान नै चलाउनुपर्छ । मैले बीमा कम्पनीका साथीहरूलाई त्यही भनेको छु । सरेन्डर नगर्नुस् बरु एक/दुई वर्षपछि पनि रिभाइभ गर्छौं भनेर । त्यही स्थानमा बस्यो भने एक/दुई वर्षपछि पनि रिभाइभ गर्दिनसक्छौँ नि त । हामीले त्यो नीति अवलम्बन गर्नुपर्छ ।

 विश्वमा कहीँ पनि महामारीलाई बीमाले कभर गर्दैन । सिद्धान्त नै लेखेको हुन्छ । बीमा भनेको आफूले मात्र सबै जोखिम बोक्न सक्दैन त्यसको पुनर्बीमा हुन्छ । त्यसकारण कुनै पनि विदेशी पुनर्बीमा कम्पनी कुनैले पनि कोरोनाको कारणबाट उत्पन्न हुने मृत्यु वा स्वास्थ्य बीमा पनि गर्दैनन् । त्यो अवस्थामा हाम्रो बीमा क्षेत्रले के गर्न सकिन्छ त भनेर बीमक सङ्घसँग बसेर छलफल गर्यौं र हाम्रा २० वटा बीमा कम्पनी र हाम्रा पुनर्बीमा कम्पनीले उपचार सरकारले गरे पनि कुरुवाको खर्च होला, पोषण चाहिएला, थप औषधि खानुपर्ला, भिटामिन खानुपर्ला साथसाथै कोभिड लागेर निको भएर नेगेटिभ भएर फेरि पोजेटिभ भएको अवस्था पनि छ । त्यसकारण हामीले कोभिडको बीमा योजना ल्यायौँ ।

एउटा कोभिड १९ को प्रभावले बीमा क्षेत्रमा पर्नसक्ने प्रभाव । अर्को कोभिड १९ ले आजको दिनमा पनि हाम्रो बीमालेख बिक्री भएको भनेको ७३ लाख देशभित्र बिक्री भएको छ र १५ लाख चानचुन वैदेशिक रोजगारमा गएका मान्छेको बिक्री भएको छ । अब यो दुवै गरेर ८८ लाख पोलिसी छ नि त्यो पोलिसी होल्डरकको पहिले बिक्री भएकाको कोभिड १९ का कारणले मृत्यु नै भयो भने पनि कभर गर्छ, हामी त्यो पैसा दिन्छौँ । अब उप्रान्त नयाँ पोलिसी जारी गर्दा उहाँहरूलाई बीमा कम्पनीले आफ्नो अनराइटिङ पोलिसीमा कोभिडको सर्टिफिकेट लिएर नयाँ पोलिसी जारी गर्न सक्छन् भनेर हामी भनिसकेका छौँ भने वैदेशिक रोजगारीमा गएका जुन १५ लाख छन् नि उहाँहरूलाई मलाई लाग्छ एक जना त यूएईमा मृत्यु नै भयो । धेरै मानिसलाई विदेशमा कोरोना रोग लागेको छ । त्यसकारण उहाँहरूको निधन नै भयो भने पनि यसले कभर गर्छ ।

नयाँ पोलिसी जारी गर्दा सर्टिफिकेट लिनुपर्छ । पीसीआर टेस्ट गरेपछि उहाँहरूको बीमा हुने व्यवस्था हामीले गरेका छौँ । अर्को कुरा विश्वमा कहीँ पनि महामारीलाई बीमाले कभर गर्दैन । सिद्धान्त नै लेखेको हुन्छ । बीमा भनेको आफूले मात्र सबै जोखिम बोक्न सक्दैन त्यसको पुनर्बीमा हुन्छ । त्यसकारण कुनै पनि विदेशी पुनर्बीमा कम्पनी कुनैले पनि कोरोनाको कारणबाट उत्पन्न हुने मृत्यु वा स्वास्थ्य बीमा पनि गर्दैनन् । त्यो अवस्थामा हाम्रो बीमा क्षेत्रले के गर्न सकिन्छ त भनेर बीमक सङ्घसँग बसेर छलफल ग¥यौँ र हाम्रा २० वटा बीमा कम्पनी र हाम्रा पुनर्बीमा कम्पनीले उपचार सरकारले गरे पनि कुरुवाको खर्च होला, पोषण चाहिएला, थप औषधि खानुपर्ला, भिटामिन खानुपर्ला साथसाथै कोभिड लागेर निको भएर नेगेटिभ भएर फेरि पोजेटिभ भएको अवस्था पनि छ । त्यसकारण हामीले कोभिडको बीमा योजना ल्यायौँ । हामीले के गर्यौं भने ६०० र ३०० रुपियाँका एक लाख र ५० हजार रुपियाँ कभर हुने किसिमले दुईवटा पोलिसी निकाल्यौँ । यसको व्यापक प्रचारप्रसार ग¥यौँ र अनलाइनबाट पनि बिक्री गर्नसक्ने व्यवस्था ग¥यौँ र आजको दिनमा ५० हजारभन्दा माथि नेपालीले कोभिड १९ को पोलिसी खरिद गर्नुभएको छ ।

बैङ्कास्योरेन्सको अलमल के हुँदै छ ?

बैङ्कास्योरेन्स संसारमा जहाँ पनि छ । यो भनेको वितरण च्यानल तीनवटा हुन्छन् । एउटा परम्परागत एप्रोचमा अभिकर्तामुखी डिस्ट्रिब्युसन हुन्छ । अर्कोमा आधुनिक डिस्ट्रिब्युसन च्यानलमा बैङ्कमार्फत बीमा पोलिसी बिक्री हुने र डिजिटल डिस्ट्रिब्युसन च्यानलमार्फत बीमा पोलिसी बिक्री हुने तीनवटा च्यानल हुन्छन् । आजको दिनमा परम्परागत एप्रोचमा अभिकर्तामुखी च्यानल मात्रै हाम्रो कार्यान्वयनमा छ । विगत केही वर्षदेखि बैङ्कहरूले पनि बीमा पोलिसी बिक्री गर्ने किसिमले अगाडि गइराखेका छन् । जीवन बीमाका प्रडक्टहरू बेच्न नपाउने नेपाल राष्ट्र बैङ्कले निर्देशन दिएको छ । त्यसकारण बैङ्क वित्तीय संस्थाको रेगुलेटर राष्ट्र बैङ्क हो । हामीले त के भनेका छौँ भने आजको दिनमा बैङ्कहरूले बेचेका पोलिसी कुलमा जम्मा २ प्रतिशत पनि छैन । त्यसैले हाम्रो वितरणमा त केही पनि फरक पर्दैन तर भोलि के हुन्छ भने केन्द्रीय बैङ्कमा पनि बारम्बार भन्ने गर्दछु केन्द्रीय बैङ्कले बेच्न नदिए पनि वाणिज्य बैङ्कहरूले बीमा खरिद नगरे कर्जा दिन्न भनेर बार्गेनिङ ग¥यो भन्ने प्रश्न थियो । त्यो भए तापनि आज पनि भन्न सक्छ । त्यसकारण मैले उहाँहरूलाई तीनवटा सुझाव दिएँ । एउटा उहाँहरूको जति पनि बीमा पोलिसी बिक्री हुन्छ त्यो सेन्ट्रलाइज गर्ने । अर्को एउटा बीमा कम्पनीको एउटै मात्र अकाउन्ट खोलिदिने । जसले गर्दा कोसँग कहाँ कति टार्गेट छ भन्ने पनि हँुदैन नि । यसो गर्दा यो ढोका बन्द हुन्छ भनेर मैले सुझाव दिएको थिएँ । अहिलेसम्म कार्यान्वयन भएको छैन । फेरि नयाँ मौद्रिक नीति आउँला । त्यतिबेला पनि हामीले दिने सुझाव त्यही हो । त्यसकारण हामीलाई तात्विक असर पर्दैन किनभने हाम्रो २ प्रतिशत पनि कभरेज छैन । त्यसको असर उल्टै बैङ्कलाई पर्नसक्छ । म आजका दिनमा पनि यही भन्न चाहन्छु ।

बैङ्कहरूले पनि बीमालाई जोडेर अफरहरू ल्याइरहेका छन् नि ?

मङ्सिरमा जस्तो लाग्छ । बैङ्कले ‘बैङ्क पनि मै बीमा पनि मै’ जहाँसुकै प्रचारप्रसार गरे । अनि म एउटा बैङ्कको कार्यालयमा गएको थिएँ । उहाँहरूले त बीमा कम्पनी नै यही हो भन्ने हिसाबले पूरै डिस्प्ले गर्नुभएको थियो । अनि आएर बीमक सङघहरूलाइ बोलाएँ । बैङ्कले यस्तो गरिरहेको छ, तपाईंहरूको भनाइ के हो ? भनेर पनि सोधेँ । आखिरी त्यो प्रोडक्ट त भनेको त बीमा कम्पनीकै हुन्छ नि उनीहरूले बिक्री गरिदिएको मात्र हो तर उहाँहरूले आफैँ बीमाजस्तो गरेर आफैँ प्रचारप्रसार गर्नुभयो त्यसलाई हामी कसरी नियन्त्रण गर्ने भनेर हामीले लिमिट तोकिदियौँ । त्यो मार्गदर्शनले दुईवटा कुरा ग¥यो । एउटा दुर्घटना बीमाको लिमिट १० लाख मात्र तोक्यौँ र औषधोपचारको सीमा एक लाख मात्रै तोक्यौँ र अर्को पनि १० लाखको गरी तीनवटा प्रोडक्ट दिएको छ ।

ब्रान्चलेस बीमा पनि आएको छ, कस्तो छ यसको प्रतिक्रिया ?

कोरोनाको कारणले गर्दा अहिले गाउँगाउँ जान पाएका छैनन्, यो लकडाउन सधैँ त नरहला । त्यसैले शाखारहित घुम्ती बीमा सेवासम्बन्धी मार्गनिर्देशन हामीले जारी गरेका छौँ । अझ निर्जीवन बीमालाई त जिल्ला पनि तोकिदिएका छौँ । देशभर ७७ जिल्लामा त्यहाँ जानैपर्छ भनेर अनिवार्य रूपमा त्यसमा कृषि बीमाका प्रडक्ट, लघुबीमाका प्रडक्टहरू बिक्री गर्ने, घरसम्पत्ति बीमालाई ५० हजारसम्मको सम्पत्ति बीमा । निम्न आय भएका वर्गलाई बीमाको दायराभित्र ल्याउने उद्देश्यले त्यो कार्यक्रम सञ्चालन गरेका हौँ । अब लकडाउन अलिक खुकुलो भएपछि त्यो आफ्नो हिसाबले जान्छजस्तो लाग्छ ।

बीमा क्षेत्रका समस्या के के छन् ?

आजको समस्या के हो भने वित्तीय क्षेत्रमा हामी चारवटा रेगुलेटर छौँ । समष्टिगतमा वित्तीय क्षेत्रको रेगुलेटर, रेगुलेटरको पनि रेगुलेटर नेपाल सरकार अर्थ मन्त्रालय नै हो । बैङ्क वित्तीय संस्थाको रेगुलेटर राष्ट्र बैङ्क हो । बीमा कम्पनीको रेगुलेटर बीमा समिति हो । धितोपत्रसम्बन्धी धितोपत्र बोर्ड हो । यो सबै ब्यालेन्स ब्याजदरसँग जोडिएको हुन्छ । ब्याजदरले हरेक प्रडक्टको लाइफ निर्धारण गरेको हुन्छ । त्यसैले मैले के भन्छु भने राहत र सहुलियत दिने नाममा हामी कसैले पनि मार्केटलाई तलमाथि हुने किसिमले र आपसी समन्वयबेगर निर्णय गर्दै गयौँ भने भोलि हाम्रो वित्तीय क्षेत्रमा ठूलो समस्या आउन सक्छ । उदाहरणका रूपमा म भन्न चाहन्छु, जस्तो राष्ट्र बैङ्कले २ प्रतिशत ब्याजदर घटायो भनेको छ नि । यसले बीमा क्षेत्रलाई कहाँनिर हिट गर्छ भने आजको दिनमा हाम्रा बीमा कम्पनीले चाहे हुम्ला, जुम्ला, मुगु गाउँगाउँबाट बीमा पोलिसी बिक्री गरेर करिबकरिब ३५० अर्ब रुपियाँ सङ्कलन गर्नुभएको छ । त्यो सङ्कलन गरेको ९० प्रतिशत त बैङ्क तथा वित्तीय संस्थाको डिपोजिटमा छ । आज डिपोजिटको रेट २ प्रतिशतले घट्नेबित्तिकै बोनस रेट जति दिएका छन् नि बीमा कम्पनीले त्यत्ति नै दिन त सक्दैनन् । त्यसकारण हामीले के गर्नुपर्छ भने राहत छुट सुविधा सबैले दिने हो तर हामी सबै वित्तीय क्षेत्रको हो । हामीसँग संयन्त्र पनि छ । अर्थमन्त्रीज्यूको संयोजकत्वमा हामी सबै रेगुलेटर भएको संयन्त्र त्यहाँ छ । हरेक कुरा त्यहाँ छलफल गरौँ । छुट सुविधा दिने हो, आजको दिनमा सबै बाँच्ने हो ।

अबका दिनमा बीमाको वृद्धि कसरी जाला, कभरेज कसरी जाला र पोलिसी ड्राइभ कसरी गर्नुपर्ला ?

अब हामीले हेर्ने भनेको क्लोज मनिटरिङ गर्ने हो । किनकि अझै पनि क्लियर पिक्चर थाहा छ्रैन । कोभिड १९ को कारणले नेपालको पर्यटन र सार्वजनिक यातायातहरूमा डाइरेक्ट असर प¥यो । पर्यटन र सार्वजनिक यातायात जस्ताको तस्तै हुन दुई/तीन वर्ष लाग्न सक्छ । त्यसकारण कुल गार्हस्थ उत्पादनमा योगदानका हिसाबले त कृषिकै २७ प्रतिशत छ त । त्यसले कभरेज बढाउन सक्छौँ एउटा । त्यसकारण ध्वस्तै हुने भनेको पर्यटन हो यसको योगदान ३ प्रतिशत मात्र हो । हामी अरू क्षेत्रलाई बढाउन सक्छौँ हामी बीमा क्षेत्रमा काम गर्ने बीमाको रेगुलेटरले भोलि राज्यले कस्तोकस्तो नीति लिन्छ । अहिले अर्थमन्त्री, कृषिमन्त्रीज्यूले भनिरहनुभएको छ । अब विदेशबाट फर्किएर आएकालाई कृषि क्षेत्रमा रोजगारी सिर्जना गर्ने भनेर । तीन खर्ब बराबरको खाद्यान्न आयात हुन्छ नि त्यसलाई रोक्न मात्र सक्यौँ भने पनि अर्थतन्त्र त जस्ताको तस्तै भइहाल्यो नि । त्यसैले अबका दिनमा कृषि बीमा र माइक्रो इन्टरप्राइजेजको बीमाका लागि हामीले त्यतातिर ध्यान दिनुपर्छ । त्यसका लागि हाम्रो देशका ७७ वटै जिल्लामा मेकानिजम तयार भएको छ । त्यसकारण हामी के भन्छौँ भने बीमा क्षेत्रलाई नै कृषि बीमा, माइक्रो इन्टरप्राइजेजको बीमा र स्वरोजगार सिर्जना गर्ने कार्यक्रमको बीमातिर फोकस गर्छौं ।

अन्त्यमा मलाई के लाग्छ भने बीमालाई अहिले सबै क्षेत्रले सहर्ष स्वीकारेको देखिन्छ । मेरो चार वर्षे कार्यकालमा हाम्रो वित्तीय क्षेत्रका तीनवटा नियामक क्षेत्र बैङ्किड क्षेत्र, बीमा क्षेत्र र धितोपत्र बोर्डमा जहिलेसुकै उथलपुथल भएको छ । राष्ट्र बैङ्कले ब्याजदर डिरेगुलेसन गर्नलागेको २०४६ सालदेखि हो । अहिले फेरि रेगुलेसनमा फर्कनुपरेको छ । त्यसपछि हाम्रो उच्च तहको कमिटीमा राष्ट्र बैङ्कको ७० प्रतिशतभन्दा बढी समय छलफल हुन्छ । त्यसैगरी धितोपत्र बोर्डमा दुई/तीन वर्ष पहिले १७–१८ सय थियो नेप्से । अहिले घटेर १२ सयमा आयो । बिस्तारै अहिले जाँदै छ । त्यसमा पनि उथलपुथल भइराखेको छ । ती दुईवटामा नेगेटिभ उथलपुथल छ भने म खुसीसाथ के भन्छु भने बीमा क्षेत्रमा म आउँदा अभिकर्ता आन्दोलनमा थिए । हामीले त्यो सल्टायौँ, मिलायौँ, वृद्धिदर एकदमै सानो थियो अहिले भारत र चीनको मापदण्डमा पुग्नसक्यौँ । कुल गार्हस्थ उत्पादनमा योगदानको हिसाबले ३.५ पुग्न लागिसक्यो । त्यसकारण यो बीमा क्षेत्र शान्त छ । सौहार्दपूर्ण वातावरण छ । यसलाई निरन्तरता दिएर अझ आठ/दस वर्षसम्म हामी यो हिसाबले अंगाडि बढ्यौँ भने मलाई लाग्छ बीमा क्षेत्र पनि बैङ्किड क्षेत्रकै स्तम्भको हाराहारीमा जान्छ । त्यसकारण बीमा क्षेत्रको भविष्य उज्वल छ ।

आजको गोरखापत्र दैनिकबाट साभार यो अन्तर्वार्ता भेषराज बेल्बासेले लिएका हुन् ।

प्रतिक्रिया