शनिबार, १५ वैशाख २०८१

नेपाल लाइफको बीमाशुल्क १८ अर्ब

समयपोष्ट २०७७ वैशाख ३० गते १२:३१

Advertisement

नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १८ अर्ब ४१ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो गत आवको सोही अवधिको तुलनामा ३ अर्ब २२ करोड रुपैयाँ बढी हो। गत आवको सोही अवधिसम्ममा इन्स्योरेन्सले १५ अर्ब १९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

खुद बीमाशुल्कमा उल्लेख्य सुधार भएपनि इन्स्योरेन्सको खुद नाफा भने सामान्य मात्र बढेको छ। गत आवको तेस्रो त्रैमासको अन्त्यसम्ममा ४६ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको यस इन्स्योरेन्सले चालु आवको सोही अवधिसम्ममा ४६ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

५ अर्ब ४९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको जगेडा कोषमा २ अर्ब ७३ करोड रुपैयाँ, जीवन बीमा कोषमा ८१ अर्ब ३७ करोड रुपैयाँ र महाविपत्ती कोषमा ४७ करोड ५७ लाख रुपैयाँ सञ्चित छ। चैत मसान्तसम्ममा १६ अखर्ब ६९ करोड रुपैयाँ बीमालेख धितोमा कर्जा प्रवाह गरेको यस इन्स्योरेन्सले सो बापत १ अर्ब १५ करोड रुपैयाँ आम्दानी गरेको छ।

इन्स्योरेन्सको वार्षिक प्रतिशेयर आम्दानी ११ रुपैयाँ ३४ पैसा रहेको छ। त्यसैगरी, इन्स्योरेन्स्को प्रतिशेयर नेटवर्थ १५८ रुपैयाँ ३६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ९२.९२ गुणा कायम भएको छ।

चैत मसान्तसम्ममा इन्स्योरेन्सको कुल कायम बीमालेख संख्या १२ लाख ८० हजार ३१० रहेको छ। हालसम्ममा इन्स्योरेन्सले १ खर्ब १० अर्ब ३७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरिसकेको छ। इन्स्योरेन्सले सोअवधिसम्ममा कुल ३० हजार ४७४ दाबी बापतको ४ अर्ब ७६ करोड रुपैयाँ भुक्तानी गरिसकेको छ। यद्यपि ७२ करोड ४४ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री