शुक्रबार, १४ वैशाख २०८१

आजबाट काठमाडौं उपत्यकामा समय तालिकाका आधारमा गाडी गुड्ने, यस्तो छ तालिका

समयपोष्ट २०७७ वैशाख २८ गते ८:५१

Advertisement

आजबाट काठमाडौं उपत्यकामा समय तालिकाका आधारमा सावारी साधन सञ्चालन हुने भएको छ ।

सरकारले लकडाउनलाई केही खुकुलो बनाउने नीति ल्याएसँगै आजदेखि विभिन्न प्रयोजनका तोकिएको समयभित्र सञ्चालन हुने भएको हो । उपत्यकाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायबिच भएको बैठकले गरेको प्रस्तावलाई गृहमन्त्रालयले स्वीकृति दिएपछि समय तालिकाका आधारमा सवारी साधान सञ्चालन गर्न लागिएको हो ।निर्माण सामग्री बोकेका ठूला ट्रकहरु, अस्पताल, बित्तिय संस्था, बैंक, सरकारी कार्यालयमा काम गर्ने कर्मचारीलाईहरुलाई समय तालिका अनुसार गाडी चलाउन दिने निर्णय भएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।

यस्तो छ तालिका

–निमार्ण सामग्री बोकेका ठूला ट्रिपर र ट्रकहरु बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म मात्र उपत्यका छिर्न पाउने छ ।

–निजामती कर्मचारी, बैंक तथा वित्तिय सेवाका कर्मचारीहरु बिहान ९ बजेदेखि साढे ९ भित्र कार्यालय पुगिसक्ने, बैंकका कर्मचारीहरु साढे ३ देखि ५ बजेसम्म घर फर्किसक्नुपर्ने, अन्य कर्मचारीको हकमा ५ देखि ६ बजेसम्म फर्किसक्नुपर्नेछ ।

–सामान्यतया अत्यावश्यक चिज बोकेका गाडिहरु जस्तै तरकारी, खाद्य सामग्री, फलफूल लगायत बोकेका सवारी साधान बिहान १० बजेभित्र मात्र सञ्चालन हुन पाउने ।

–४२ प्रकारका उत्पादन तथा सेवा सञ्चालनसँग सरोकार राख्नेका सबै सवारी साधान सञ्चालन गर्न भने नपाउने ।

–माथि उल्लेखित सवारी साधान सञ्चालनका लागि आफ्नो कार्यालयबाट जारी गरिएको पत्र बोक्नुपर्ने ब्यवस्था गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री