पुँजी नपुगेको कारण कडा कदम चाल्न नपरोस्

आम नेपाली नागरिकहरुलाई बीमाको दायराभित्र ल्याउँनको लागि माघ १ गतेबाट एकिकृत सम्पत्ति बीमा सुरु गरिएको छ । ब्यवसायिक खालका सम्पत्ति विभिन्न बैंकमार्फत कर्जाबाट बीमाको दायरामा पुगिसकेको हुन्छ भने गार्हस्थ सम्पत्ती पुगेको हुँदैन । उदाहणको लागि भुकम्पकै कुरा गरौ । चार बर्ष अघिको भुकम्पमा हाम्रो कुल घाटा नौ खर्ब थियो भन्ने आधिकारिक रिपोर्ट छ । तर बीमा क्षेत्रको दाबी भनेको १५ अर्ब मात्र हो । यदि नौ खर्ब सम्पत्ति नै बीमा भएको भए आज पुनः निर्माण प्राधिकरणको आवश्यकता नै पर्ने थिएन । बीमा क्षेत्रले भुक्तानी गर्न सक्थ्यो ।
बीमा समितीको अध्यक्षको नाताले दिनको १ कप चिया छाडेर १ करोड रुपैयाँसम्मको घरको बीमा गर्न सबैलाई आग्रह गर्न चाहन्छु ।
हाम्रो देश भुकम्पीय दृटिकोणले संसारको ११ औँ राष्ट्रमा पर्छ । त्यसकारण भुकम्प फेरी पनि जान सक्छ । अर्को वाढी, पहिरो, हावा हुरी चट्याङ् लगायतका सम्पूर्ण कुरा सम्पत्ती बीमामा समावेश गरिएको छ । त्यसलाई निकै सस्तो पनि बनाएको छ । दिनको १ कप चिया बराबर जति नै बनाइएको छ । एक करोड सम्मको लागि प्रतिहजार ४० पैसा छ । बीमा समितीको अध्यक्षको नाताले दिनको १ कप चिया छाडेर १ करोड रुपैयाँसम्मको घरको बीमा गर्न सबैलाई आग्रह गर्न चाहन्छु । अस्ति भर्खरै मात्र नेपालमा पहिलोपटक टोर्नाडोका कारण क्षति भयो । बारा र पर्साका केही उद्योगहरु बीमाको दायराभित्र रहेकाले स सानो क्षतिको विवरण हामीले प्राप्त गरिसकेका छौ । तर तीस जना मान्छेको न जीवन बीमा थियो न घर बीमा नै ।

सम्पत्ती बीमा निर्देशिका जारी गरिसकेपछि हामीले विगत १ वर्षदेखि स्थानीय सरकारसंग अन्र्तक्रिया गरिरहेका छौं । भर्खरै मात्र सोलुखुम्बु, उदयपुर र दाङ लगायतका ठाउँहरुमा त्यहाँका नगरपालिकासंग अन्तर्रक्रिया भएको छ । हामीले अहिलेको वर्तमान कानुन अनुसार सम्पत्तिको कर स्थानीय सरकारले नै लिन भनिरहेका छौ । जीवन बीमा तर्फ केन्द्र सरकारले २५ हजारसम्मको पारिश्रमिकलाई कर शुल्क लिने व्यवस्था गरेको छ । सम्पत्ति बीमालार्ई दुई हजारबाट सुरु गरिदियोस् न । त्यसो हुँदा सम्पत्ति बीमा गरेको छ भने सम्पत्ति करमा लाग्ने न्यूनतम दुई हजार घटाई दिदाँ मान्छेले बीमा गर्छ । हामी यसरी जाँदा स्थानीय तहका प्रमुखहरु पनि खुसी हुनुहुन्छ ।
बीमक संघले भर्खरै मात्र नयाँ नेतृत्व पाएको छ । मैले सबै सीइओहरुलाई बिजनेस छ, सबै नगरपालिकाका नगर प्रमुख, उपप्रमुखहरु सकारात्मक हुनुहुन्छ अन्र्तक्रिया गर्नुहोस् भनिसकेको छु । हिजो स्थानीय सरकार थिएन । सबै केन्द्र सरकारबाट हुन्थ्यो । आजको दिनमा त्यो छैन । त्यसकारण हामीले सबैलाई बीमाको दायरामा ल्याउन सक्छौ र ल्याउनु पनि पर्छ । यसतर्फ हामी अगाडी बढौँ ।
अर्को बीमा समितीले क्षेत्र तोकिदिएर यसमा लगानी गर्नुहोस् भनेर साँघुरो खालको निर्देशन जारी गरेको थियो । त्यसमा सीईओहरुले बिशेष गरी जीवन बीमा तर्फ हामी नाफा गर्न सक्दैनौ । बैंक र बित्तिय संस्थामा जति ब्याज बढ्छ, हाम्रो नाफा त्यही अुनसार हुन्छ, ब्याज घट्यो भने हाम्रो बढ्छ । लगानीको अवसर छैन भन्नुहुन्थ्यो । हामीले त्यो पनि खोलिसकेका छौं । कसरी खोलीसकेको छौ भने १.५ अनुपात सोल्भेन्सी मार्जिन रेसियो जुन तोकी राखेका छौ, त्यो १.५ सोल्भेन्सी रेसियोसम्मको सम्पत्तीलाई एडीस्नल एसेट्स भनेर नियमनको दायरा भित्र राखेका छौ । बाँकी आफै लगानी गर्न सक्नुहुन्छ । अब बीमा कम्पनीका सीइओेहरुले अन्डरराईटिङ प्रोफिट साथसाथै इन्भेस्टमेन्ट प्रोफिटलाई पनि बढाउन सक्नुहुन्छ ।
हामीले ऐन अनुसार सल्लाह गर्यौं, लगानी निर्देशिका बनायौं, सम्पत्ति निर्देशिका जारी गर्यौं र सबै काम भैरहेको अवस्थामा हामी सकारात्मक भाइब्रेसनमा छौ । हामी नयाँ रिजल्ट निकाल्छौ, बीमा समिति तयार छ ।
त्यसकारण म गर्भसाथ भन्नसक्छु चालु आर्थिक बर्षमा बित्तिय क्षेत्रका तीन स्तम्भहरु बैंकिङ,बीमा र धितोपत्र एकदम भाइब्रेसनमा छन् । बै्रकिङलाई हेर्दा जहिले सुकै क्रेडिट क्रञ्च भएको छ । अनि हामी अर्थमन्त्रालयमा माननिय मन्त्री ज्यूको संयोजकत्वमा हरेक महिना मिटिंङ् गर्छौ । यसो गर्नुपर्यो, उसो गर्नुपर्यो भन्छौ । त्यस्तै व्यवसायहरुले आन्दोलन गर्नुभयो । त्यहाँ धेरै कुराहरु कटाइयोे । त्यो भाइब्रेसन भएपनि पोजेटिभ भाईब्रेसन होइन । त्यसै गरेर धितोपत्रमा पनि आन्दोलन भएको छ । १८ सयको नेप्से १२ सयमा झरिरहेको छ । त्यहाँ पनि नेगेटिभ भाईब्रेसन छ । तर हाम्रो बीमा क्षेत्रका त्यस्तो छैन । जीवन बीमा तर्फ एक वर्षमा १७ प्रतिशत पेनिट्रेसन छ । हामीले यो आर्थिकमा २० प्रतिशत पुर्याउछौ भनेका छौ । संगठित क्षेत्रमा नयाँ रोजगार सृजना बीमा क्षेत्रले गरेको छ । असारसम्ममा कुल गार्हस्थ उत्पादन १.५ पनि पुगेका थिएन । अब हामी तीन प्रतिशतमा पुग्दैछौ । हामीले ऐन अनुसार सल्लाह गर्यौं, लगानी निर्देशिका बनायौं, सम्पत्ति निर्देशिका जारी गर्यौं र सबै काम भैरहेको अवस्थामा हामी सकारात्मक भाइब्रेसनमा छौ । हामी नयाँ रिजल्ट निकाल्छौ, बीमा समिति तयार छ । हामी सबै मिलेर अगाडी बढ्नुपर्छ ।

यो आर्थिक वर्षको एजिएम गरेर बित्तिय विवरण पठाउन नसकेका हाम्रा कम्पनीले बिमा समितिले तोकेको पुँजी पुर्याउन सकेका छैन । आशा छ वित्तिय विवरण आउने क्रम जारी छ । समय मै पुँजी पुर्याउनु हुन्छ र हामी नियामक निकायले पुँजी नपुगेको कारण कडा किसिमको कदम चाल्नु पर्ने अवस्था आउने छैन । यसमा बीमा समिति अथवा मेरो ब्यक्तिगत स्वार्थ केही छैन । मात्र नेपालको बीमा क्षेत्रलाई सबैभन्दा पहिले बैंकिङ् सेक्टरको हाराहारीमा ल्याउने र त्यो भन्दा माथि जाने नै हो । बिदेशमा बैंकिङ भन्दा बीमा माथि हुन्छ । त्यसकारण त्यस्ते बनाउन र सबै राम्रै बनाउनको लागि त्यसो गरिएको हो । (सगरमाथा इन्सयोरेन्सले बैशाख ११ गते आयोजना गरेको पत्रकार सम्मेलनमा ब्यक्त बिचारको सम्पादित अंश)




























प्रतिक्रिया