शुक्रबार, ४ जेठ २०८१

सिम्रिक एयरले थप्यो हेलिकप्टर

समयपोष्ट २०७६ वैशाख १५ गते १२:२३

Advertisement

पर्यटन भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै सिम्रिक एयरले फ्रान्समा निर्मित नयाँ हेलिकप्टर नेपाल भित्राएको छ ।

‘ए एस ३५० बि ३ इ’ नामक उक्त हेलिकप्टर थपिएसंगै कम्पनीको हेलिकप्टर संख्या ५ पुगेको छ । कल साइन ‘९ एन- ए एन बि’ रहेको

उक्त हेलिकप्टरलाई मलेसियादेखि पाइलट इन कमाण्ड क्याप्टेन आनन्द थापा, क्याप्टेन बिमल शर्मा र इन्जिनियर प्रचण्ड मल्लले आइतबार त्रिभुवन विमानस्थलमा अवतरण गराए ।

एकल टर्बोमेक्का एरिअल २ डी टर्बाइन इन्जिन रहेको यस एयरबसको अत्यधिक उडान गति १५५ नट्स, अत्यधिक अल्टिट्युड क्षमता २३ हजार फिट र अत्यधिक रेञ्ज ६३८ किमि रहेको छ । यसको २२५० केजी भार क्षमता रहेको छ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री