शनिबार, ५ जेठ २०८१

बुद्ध एयरले साउन १८ गतेदेखि भारतको गुवाहटी उडान गर्ने

समयपोष्ट २०७६ वैशाख ५ गते २०:४६

Advertisement

बुद्ध एयरले साउन १८ गतेदेखि भारतको गुवाहटीमा उडान गर्ने भएको छ ।

कम्पनीले काठमाडौं–गुवाहटी उडानका लागि उड्डयन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण र भारत सरकारसँगको प्रकृया सुरु गरिसकेको जानकारी दिएको छ ।

बुद्धको काठमाडौं–गुवाहटी साताको दुईवटा उडान हुने छ । ७२ सिटको एटिआर विमानबाट हरेक मंगलबार र शनिबार विहानको सात बजे उडान भर्ने बुद्धले जनाएको छ ।

बुद्धले आउँदो जेठ १३ गतेदेखि साताको तीन वटा उडान काठमाडौं–कोलकत्ता गर्ने योजना यस अघिनै सार्वजनिक गरेको छ । हाल बुद्धको सातामा २ वटा उडान काठमाडौं–वनारस गर्दै आएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री