सान्जेन जलबिद्युतको आइपिओ भोलिबाट
सान्जेन जलबिद्युत कम्पनी लिमिटेडले जनताको जलबिद्युत कार्यक्रम अन्तर्गत शुक्रबारबाट सर्वसाधारणमा ५४ लाख ७५ हजार कित्ता आइपीओ जारी गर्ने भएको छ।
भोलिबाट जारी हुने आइपिओ मध्ये ५ प्रतिशत अर्थात २ लाख ७३ हजार ७५० कित्त्ता सामुहिक लगानी कोष, ४ प्रतिशत अर्थात २ लाख १९००० कित्ता कम्पनीका कर्मचारी र बाँकी ४९ लाख ८२ हजार २५० कित्ता आइपीओमा सर्वसाधारणलाई छुट्टाइएको छ ।
इच्छुक लगानीकर्ताले यहि बैशाख ६ देखि छिटोमा बैशाख १० गतेसम्म र ढिलोमा जेठ ५ गतेसम्म आइपीओंका लागि आबेदन दिन सक्नेछन । लगानीकर्ताले प्रति सेयर १०० रुपैयाँ अंकित मुल्यमा न्युनतम १० कित्ता र अधिकतम २००० कित्तासम्मलाई आबेदन दिन सक्नेछन । नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पुर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालयबाट तथा मेरो सेयर मार्फत पनि सान्जेनको आइपीओमा आबेदन दिन सकिनेछ ।
आइपीओ निष्काशनका लागि धितोपत्र निष्काशन तथा बिक्रि प्रबन्धकमा नागरिक लगानी कोष र सह निष्काशन तथा बिक्रि प्रबन्धकमा सनराइज क्यापिटल र एनएमबि क्यापिटल छन ।
सान्जेनको आइपीओले क्रेडिट रेतिंङ संस्था इक्रा नेपालबाट ‘इक्रा एनपी ग्रेडिङ ४’ पाएको छ। यसले कम्पनीको अवस्था औषत भन्दा तल भएको जनाउँछ। त्यस्तै कम्पनीको प्रति मेगावाट लागत १५ करोड १९ लाख छ। यो लागत उद्योगको औषत लागत भन्दा कम हो।
प्रतिक्रिया