शुक्रबार, १४ वैशाख २०८१

वर्षा र सहकालको कामना गर्दै रथलाई लगनटोलमा पुर्‍याईयो

समयपोष्ट २०७६ वैशाख ३ गते १३:३५


वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथलाई सोमबार राति लगनटोल पुर्‍याइएको छ ।

Advertisement

हनुमानढोका दरबार अघिबाट बेलुकी ४.३० बजे तान्न शुरु गरिएको रथ राति लगनटोल पुर्‍याएपछि पूजाआराधना एवं दर्शन गर्ने भक्तजनको भीड लागेको रथ व्यवस्थापन समितिका अध्यक्ष एवं काठमाडौँ महानगरपालिका–२५ का अध्यक्ष नीलकाजी शाक्यले जानकारी दिए ।

सोमबार रथ लगन पु¥याएपछि जीवितदेवी कुमारीलाई पनि मच्छेन्द्रनाथको दर्शन गराइएको उनले बताए । रथ मङ्गलबार दिनभर लगनटोलमा राखी बेलुकी ५.३० बजे सेतो मच्छेन्द्रनाथकी आमा (माँ सीमा) लाई तीन पटक घुमाइन्छ । वैशाख ४ गते बुधबार बिहान भक्तजनले नै लगनटोलमा रथ तान्ने छन् । बेलुकी लगनमै विशेष पूजा गरेर सानो रथमा राखी पूजारीले मच्छेन्द्रबहालस्थित मन्दिरमा प्रवेश गराउँछन् । बिहीबार बिहान क्षमा पूजा गरी मच्छेन्द्रनाथको मूर्तिलाई पुरानै स्थानमा राखेपछि यो जात्रा समाप्त हुन्छ ।

चैत्रशुक्ल नवमीका दिन दरबारमार्गस्थित तीनधारा पाठशालाबाट रथयात्रा शुरु गरिएको हो । त्यस दिन रथलाई असनमा पुर्‍याइएको थियो । रथ असनमा पुर्‍याइएको राति नै राष्ट्रपति विद्यादेवी भण्डारीले सेतो मच्छेन्द्रनाथको दर्शन गरेका थिए ।

प्राचीनकालदेखि नै सेतो मच्छेन्द्रनाथको रथयात्रा असन पु¥याएपछि राष्ट्राध्यक्षले दर्शन गर्ने परम्परा छ । १७ औँ शताब्दीमा शुरु भएको रथयात्रा काठमाडौँ उपत्यकाको प्राचीन सभ्यता मानिन्छ । रथयात्राले धार्मिक सहिष्णुता र राष्ट्रिय एकतामा सहयोग पुग्ने समितिले जनाएको छ ।

सेतो मच्छेन्द्रनाथको रथ तानेर रात्रि विश्राम गर्ने स्थलमा भक्तजनको भीड लाग्ने गर्छ । रथयात्रा गरेपछि वर्षा हुने र अनिकाल हटी सहकाल प्राप्त हुने धार्मिक विश्वास छ । यस्ता जात्राले नेपालको सभ्यता र संस्कृतिलाई भावी सन्ततिसम्म जीवित राख्ने राजधानीवासीको विश्वास छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री