शुक्रबार, १४ वैशाख २०८१

धोबिघाटमा सुजुकी गाडीको ‘स्टेट अफ द आर्ट’ शोरूम

समयपोष्ट २०७५ चैत २८ गते १६:३७

Advertisement

सुजुकी गाडीहरुको नेपालका लागि आधिकारिक बिक्रेता सीजी मोटोकर्पले ललितपुरको धोबिघाटमा नयाँ शोरुमको स्थापना गरेको छ ।

कम्पनीको आधिकारिक शोरुमका रुपमा स्थापित यस ‘स्टेट अफ द आर्ट’ शोरूमको उद्घाटन मारुती सुजुकी इंडियाका कार्यकारी निर्देशक शशांक श्रीवास्तव र सीजी होल्डिंग्सका अध्यक्ष अरुण चौधरीले संयुक्त रुपमा गरेका छन् ।

धोबिघाटमा स्थापित यस ‘स्टेट अफ द आर्ट’ शोरूम सुजुकीको प्रमुख शोरुमका रुपमा स्थापना भएको हो । “वे अफ लाइफ’’ लाई आधार बनाएर डीजाइन गरिएको सुजुकीको  यस नयाँ शोरुमले ब्रान्डका अत्यावश्यक कारकहरू जस्तै उत्पादन, डिजाइन र खरीददारहरूलाई प्रोत्साहन जस्ता सामग्रीहरू समावेश गरेको छ ।

सुजुकीले देशभर बिक्री, सेवा र जेन्यून स्पेयर पार्टको सबैभन्दा ठूलो सञ्जाल सञ्चालन गर्दछ । कम्पनीले ३३ सेल्स, ३६ सेवा सञ्जाल र थप २०० भन्दा बढी आउटलेटको दावी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री