शुक्रबार, १४ वैशाख २०८१

श्रीलंकाली उच्चस्तरीय प्रतिनिधीमण्डल काठमाडौंमा

समयपोष्ट २०७४ वैशाख १४ गते ५:४५

नेपाल अटोमोवाइल्स एसोसिएसनको निमन्त्रणामा श्रीलंकाको उच्चस्तरीय प्रतिनिधीमण्डल आज काठमाडौं आइपुगेको छ ।

Advertisement

श्रीलंकाका यातायात तथा नागरिक उड्डयन उप-मन्त्री (राज्य मन्त्री स्तर) के के अशोका अभिसिंगीको नेतृत्वमा ५ दिने नेपाल भ्रमणको लागि काठमाडौं आइपुगेको हो । 

सो प्रतिनिधीमण्डलमा अटोमोवाइल्स एसोसिएसन अफ सिलोनका अध्यक्ष तथा फेडेरेसन इन्टरनेशनल डेल अटोमावाइलका वोर्ड सदस्य धामिका अत्यागाले, सचिव देवाप्रीया हात्तिइराची लगायतका पदाधिकारी सहभागी छन् । गत महिना  ब्यवस्थापिका संसदको रोड सेफ्टी उप-समितिका पदाधिकारीहरुले श्रीलंका भ्रमण गरेका थिए ।

नासा तथा ए. ए.सिलोनको मेन्टरीङ्ग प्रोगाम अन्तर्गत यस प्रकारको भ्रमण भएको हो ।

फेडेरेसन इन्टरनेशनल डेल,अटोमावाइल रिजन २ अन्र्तगत नेपालमा अन्तर्राष्ट्रिय ड्राइभिङ्ग पर्मिट, डिफेन्सीभ ड्राइभिङ्ग स्कुल, रोड सेफ्टी काउन्सील तथा ड्राइभ टुरिजम्का लगायतका क्षेत्रमा विभिन्न कार्यक्रमहरु संचालन भइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री