बिहीबार, १३ वैशाख २०८१

जेठभित्र नोकियाका नयाँ मोबाइल नेपाली बजारमा

समयपोष्ट २०७४ वैशाख १४ गते ५:२४

चर्चित मोबाइल ब्रान्ड नोकियाका नयाँ फोनहरु नेपाली बजारमा भित्रिने भएका छन् । भर्खरै मात्र  फिचर फोन ३३१० र अन्य तीन वटा स्मार्ट फोन सार्वजनिक गरेको एचएमडी ग्लोबलले यही जेठ महिनाभित्र नेपाली बजारमा फोन पठाउन लागेको हो । 

Advertisement

मोबाइल ल्याउनको लागि नेपाल दुरसंचार प्राधिकरणबाट प्रक्रिया पुरा गरिसकेकोले जेठ महिनाभित्र नेपाली प्रायोगकर्ताहरुले किन्न पाउने नोकिया मोबाइलका विक्रेता पारामाउन्ट इलेक्ट्रोनिक्सले जनाएको छ । 

नेपाली बजारमा  फिचर फोन नोकिया ३३१०,एन्ड्रोइड स्मार्ट फोन नोकिया थ्री, फाइभ र सिक्स मोडलका फोनहरु जेठ महिनाभित्र भित्रि सक्ने कम्पनीले जनाएको छ । 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री