बिहीबार, १३ वैशाख २०८१

वृद्धि भयो सिटिजन्स बैंकको नाफा

समयपोष्ट २०७४ वैशाख ७ गते ६:१६

सिटिजन्स बैंकले २१.८१ प्रतिशतले नाफा वृद्धि गरेको छ ।  बैंकले  गत आवको तेस्रो त्रैमाशसम्म  ७२ करोड ४७ लाख रुपैयाँ नाफा कमाएको थियो ।  चालु आवको तेस्रो त्रैमाशमा भने बैंकले  ८८ करोड २८ लाख रुपैयाँ कमाएको छ ।  व्यवसायको आकारमा बढोत्तरी गरेको  बैंकको पुरानो कर्जा असुली (राइट ब्याक) पनि उच्च छ । बैंकले गत वर्ष १ अर्ब १६ करोड रुपैयाँ व्याज आम्दानी गरेको थियो भने चालु आवमा १ अर्ब २५ करोड ब्याज आम्दानी गर्न सकेको छ ।

Advertisement

 बैंकको ब्याज आम्दानीमा करिब ८ प्रतिशतको मात्र वृद्धि देखिएको छ । बैंकले ५० करोड रुपैयाँ आम्दानी फि, कमिसन, बैदेशीक मुद्राको विनिमय र अन्य आम्दानीबाट गरेको छ । बैंकले ८२ करोड ९४ लाख रुपैयाँ राइट ब्याक समेत गरेको छ । बैंकको अन्य क्षेत्रबाट हुने आम्दानी शुन्य भएर यसबापत ३८ करोड रुपैयाँ खर्च भएको छ ।

बैंकको चुक्ता पुँजी ५ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री