शुक्रबार, १४ वैशाख २०८१

भक्तपुरमा १ सय ८० फिट गहिरो स्थानबाट ग्यास निस्कदा आगलागी

समयपोष्ट २०७४ वैशाख ५ गते ९:०३

भक्तपुरको सूर्यविनायक नगरपालिका सिरुटार-१ पिलागाउँ नजिक आगलागी भएको छ । खानेपानीको 'डिप बोरिङ' गर्ने क्रममा निस्किएको ग्यासका कारण आगलागी भएको प्रहरीले जनाएको छ । 

Advertisement

आगलागीमा  डिप बोरिङमा प्रयोग गरिएका मेसिनका तार लगायत सामग्री जलेर नष्ट भएका छन् । आगलागी नियन्त्रणका लागि काठमाडौं र भक्तपुरका गरी तीनवटा दमकल प्रयोग गरिएको छ । 

चापाखर्क खानेपानी आयोजना अन्तर्गतको डिप बोरिङको काम भईरहेको करिब १ सय ८० फिट गहिरो स्थानबाट ग्यास निस्किएको हो । आगलागीको कारण खुल्न सकेको छैन । 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री