शनिबार, ८ वैशाख २०८१

रुस्लान वीन-वीन अफर,पुजाले जितिन २५ लाख पर्ने दुकाती बाइक

समयपोष्ट २०७४ वैशाख ३ गते ३:१०

ललितपुर भैंसेपाटीकी पूजा प्रधान श्रेष्ठले ‘रुस्लान वीन-वीन अफर’ अन्र्तगत २५ लाख रुपैयाँ पर्ने दुकाती मोटरसाइकल जितेकी छिन् । शनिवार र्‍याडिसन होटलमा रुस्लान वाटरद्धारा आयोजित लक्की ड्रमा पुजाले बम्पर प्राइज दुकाती मोटरसाइकल जितेकी हुन् ।

Advertisement

त्यस्तै क्षेत्रीय पुरस्कार अन्र्तगत अन्य सात जनाले करिब ७ लाख रुपैयाँ पर्ने बेनिली मोटरसाइकल जितेका छन् । 

क्षेत्र नम्बर एक -मेची-कोशी अञ्चलबाट बिराटनगरका मोहम्मद कलाम, क्षेत्र नं. २ -जनकपुर र सगरमाथाबाट उदयपुर गाइघाटका जनार्दन राउत, क्षेत्र नं. ३ -नारायणीदेखि गौरसम्मबाट रुकुमकोटकी सुरेखा हमालले बेनिलि बाइक  जितेका छन् ।

यस्तै, क्षेत्र नं. ४ -गण्डकी र धौलागिरीबाट कास्की धितालका टिकाराम अधिकारी, क्षेत्र न ५ -लुम्बीनि र राप्तीबाट सुखनगर बुटबलका कृष्णप्रसाद बस्याल, क्षेत्र न ६ -भेरी,सेती,महाकाली र कर्णाली अञ्चलबाट महेन्द्रनगरका धिरेन्द्रबहादुर चन्द तथा क्षेत्र नम्बर ७ काठमाण्डौ उपत्यकाबाट नयाँ बानेश्वरकी शान्ति महर्जनले बेनिली मोटरसाइकल जितेका छन् ।

कम्पनीले मंसिर ३० देखि चैत ३० गतेसम्म सञ्चालन गरेको योजना अन्तर्गत झण्डै सात लाख ग्राहकले कुपन भरी सहभागिता जनाएका थिए ।  

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री