बिहीबार, १३ वैशाख २०८१

मन्जुश्रीको सेयर लिलामीमा,बैशाख ५ आवेदन दिने अन्तिम मिती

समयपोष्ट २०७३ चैत २८ गते ९:४८

मन्जुश्री फाईनान्सले हकप्रद निश्काशन गर्दा नबिकेको सेयर सोमबारदेखि लिलाममा राखेको छ ।

Advertisement

कम्पनीले १७५ प्रतिशत हकप्रद निश्काशन गर्दा नबिकेको १० लाख चार हजार ९० कित्ता सेयर लिलाममा राखेको हो । कम्पनीले  नौ लाख ३५ हजार ७४ कित्ता संस्थापक सेयर र सर्वसाधारण समूहतर्फका ६९ हजार १६ कित्ता साधारण सेयर लिलाममा राखेको छ । 

कम्पनीको सेयर लिलाममा सहभागी हुन चाहने लगानीकर्ताले बिक्री प्रबन्धक एस क्यापिटलमा एक सय रुपैयाँ वा सो भन्दा बढी प्रति कित्ताको दरमा दश कित्ताको गुणांकमा आवेदन गर्नुपर्ने हुन्छ । लिलामको सेयरमा बैशाख ५ गते सम्म आवेदन दिन सकिनेछ । फाइनान्सको सेयर बेलकबोल बैशाख छ गते मध्यान्ह तीन बजे एस क्यापिटलमा खोलिने कम्पनीले जनाएको छ ।  

प्रतिक्रिया

सम्बन्धित सामाग्री