बिहीबार, १३ वैशाख २०८१

अनिल शाह नेपाल क्लियरिङ्ग हाउस सञ्चालक समिति सदस्य नियुक्त

समयपोष्ट २०७३ चैत २३ गते ७:४२

नेपाल क्लियरिङ्ग हाउसले वाणिज्य बैंक समूहमा अनिल शाहलाई सञ्चालक समितिको प्रतिनिधी सदस्य नियुक्त गरेको छ । शाह मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत तथा  नेपाल बैंकर संघका अध्यक्ष समेत हुन् ।

Advertisement

वाणिज्य बैंक समुहतर्फका प्रतिनिधी रहेका उपेन्द्र पौडेल एनएमबी बैंकबाट सेवा निवृत भएपछि उक्त पद रिक्त रहेको थियो । 

नेपाल क्लियरिङ्ग हाउसको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकका तर्फबाट १ जना, वाणिज्य बैंक तर्फबाट ३ जना, विकास बैंक, फाइनान्स कम्पनी र स्मार्ट च्वाइस टेक्नोलोजिजबाट क्रमशः एक एक जना गरी  ७ जनाको प्रतिनिधि रहने व्यवस्था रहेको छ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री