शुक्रबार, १६ चैत २०८०

यो वर्ष विद्युत प्राधिकरणको आम्दानी बढ्ने

समयपोष्ट २०७३ चैत २२ गते १०:०६

नेपाल विद्युत प्राधिकरणले  यो वर्ष प्राधिकरणको आम्दानी बढ्ने जनाएको  छ ।  राजधानीमा प्राधिकरणले मंगलबार  पत्रकार सम्मेलन  गर्दै एक वर्षको अवधिमा १२ अर्ब रुपैयाँ आम्दानी बढ्ने प्रक्षेपण गरेको जानकारी दिएको हो ।  

Advertisement

 गत आर्थिक वर्षमा ३२ अर्ब रुपैयाँ आम्दानी भएकोमा यो वर्ष ४४ अर्बआम्दानी हुने प्राधिकरणको अनुमान छ । आम्दानीको ३४ प्रतिशत हिस्सा आयातित विद्युत खरिदका लागि खर्च हुने पत्रकार सम्मेलनमा जानकारी दिईयो  । गत वर्ष भने यो खर्च ४४ प्रतिशत रहेको थियो । गत वर्ष १४ अर्बको विद्युत आयात भएकोमा यो वर्ष सामान्य बढेर १५ अर्ब पुग्ने अनुमान प्राधिकरणको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री