शुक्रबार, १४ वैशाख २०८१

ग्लोबल आइएमई बैंकको १५.७६ प्रतिशत बोनस सेयर प्रस्ताव पारित

समयपोष्ट २०७३ चैत २२ गते ४:०३

ग्लोबल आइएमई बैंकको  दशौँ बार्षिक साधारण सभाले सेयरधनीलाई १५.७६ प्रतिशत बोनस सेयर प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

Advertisement

बैंकले गत आर्थिक बर्षको कमाईबाट चैत ६ गतेसम्म कायम भएका सेयरधनीलाई उक्त लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरेको गरेको हो । बैंकले गत आर्थिक बर्षमा एक अर्ब ३८ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । १५.७६ प्रतिशत बोनसपछि बैंकको चुक्ता पूँजी ७ अर्ब २४ करोड २६ लाख, निक्षेप ८७ अर्ब, तथा कर्जा लगानी ७२ अर्ब रुपैयाँ पुगेको छ । बैंकले पुस मसान्तसम्ममा ९१ करोड ७७ लाख रुपैँया खुद नाफा कमाएर प्रतिसेयर आम्दानी  २५ रुपैयाँ ३५ पैसा कायम गरेको छ ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्य लिएर बैंकले हाल ९४ शाखा, ६ एक्सटेन्सन काउण्टर, १० राजश्व संकलन काउण्टर, १ वटा सिडिएससि काउण्टर, १०६ एटिएम टर्मिनल, तथा ४४ स्थानबाट शाखा रहित बैंकिङ्ग सेवा प्रदान गर्दे आईरहेको छ । 

साधारण सभाले नयाँ संचालकहरु चयन पनि गरेको छ । संस्थापक शेयरधनी समूहबाट चन्द्र प्रसाद ढकाल,सुहृदराज घिमिरे,  पवन कुमार भिमसरिया तथा सर्वसाधारण शेयरधनीको तर्फबाट सुदर्शन कृष्ण श्रेष्ठ, सुमन पोखरेल,  सुरज कुमार श्रेष्ठलाई बैंक संचालकमा निर्विरोध निर्वाचित गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री