सोमबार, ५ जेठ २०८२

वैशाख ८ गतेदेखि आईपीओ निष्काशन गर्दै ट्रेड टावर

समयपोष्ट २०८१ चैत ३० गते ८:०९

Advertisement

ट्रेड टावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आगामी २०८२ साल बैशाख ८ गतेदेखि प्रारम्भिक साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुला गर्न लागेको छ।

कम्पनीले कुल ८१ करोड ५६ लाख ९ हजार ७०० रुपैयाँ जारी पूँजीको ४८.६९६ प्रतिशत बराबरको, अर्थात ३९ करोड ७१ लाख ६९ हजार ३०० रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३९ लाख ७१ हजार ६९३ कित्ता शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको हो।

यसको पहिलो चरणमा, नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरेका वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि मात्र लक्षित गर्दै, कुल ३ करोड ९७ लाख १६ हजार ९३० रुपैयाँ बराबरको ३ लाख ९७ हजार १६९.३० कित्ता शेयर निष्कासन गरिँदैछ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्ता सम्मको लागि आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले २०७९ बैशाख २२ गतेसम्म आवेदन दिन सक्नेछन्।

Advertisement

यस आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी लक्ष्मी सनराइज क्यापिटल लिमिटेड ले लिएको छ। इच्छुक लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सबै आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका तोकिएका शाखा कार्यालयहरू, साथै सिडिएस एण्ड क्लियरिङ लिमिटेड द्वारा सञ्चालित ‘मेरो शेयर’ अनलाइन सफ्टवेयरमार्फत सि–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।

आईपीओ निष्कासनका लागि गरिएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई “इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस” प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री