नेपाल लाइफ “बेष्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ द इयर २०२५” अवार्डबाट सम्मानित
नेपालको सर्वोत्कृष्ट जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई प्रख्यात मिडिया हाउसले आयोजना गरेको सातौं प्रख्यात बिजनेस अवार्ड्स २०२५ को जीवन बीमा क्षेत्रमा “बेष्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ द इयर २०२५” अवार्डबाट सम्मानित गरिएको छ। यो अवार्ड प्राप्त गर्न सफल हुनेमा नेपाल लाइफ नै यो अवार्ड जित्ने पहिलो कम्पनी बनेको छ। काठमाडौंमा आयोजित भव्य समारोहका बीच नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत अखिल कुमार चौधरीले उक्त सम्मान ग्रहण गर्नुभएको थियो।
नेपाली बीमा कम्पनीहरूको वित्तीय विवरण, समाचारहरू, सुशासन बीमाशुल्क भुक्तानीको अनुपात, ग्राहक संतुष्टि, पहिलो बीमाशुल्क आय, कम्पनीद्वारा मानव संशाधनको विकासमा गरिएको लगानी, लगानी विविधीकरणमा गरिएका कार्यहरू, Automation र Digital Transformation को क्षेत्रमा गरिएका प्रयासहरू, संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालित कार्यक्रमहरूजस्ता मापदण्डहरूलाई मूल्याङ्कन गरी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई यो सम्मान प्रदान गरिएको हो। कम्पनीको कार्य कुशलता, प्रभावकारिता र पारदर्शी नीति तथा योजना, आम जनमानसको विश्वसनीयता र लोकप्रियता, साथै छिटो, सजिलो र विविध सेवा प्रवाहको आधारमा सर्वोत्कृष्ट ठहरिंदै कम्पनीले “बेष्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ द इयर २०२५” अवार्ड हासिल गरेको हो।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले अवार्डबाट सम्मानित भएको सुखद अवसरमा सफलताको श्रेय सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरू, सम्पूर्ण कर्मचारीहरू, अभिकर्ताहरू, नियामक निकाय, शेयरधनी महानुभावहरू र नेपाल लाइफसँग आबद्ध समस्त मूल्यवान ग्राहक महानुभावहरूलाई प्रदान गर्दै सफलताको बाटोमा अग्रसर रहन प्रेरित गर्ने सबैमा हार्दिक आभार व्यक्त गर्नुभएको छ। यसैगरी, सामूहिक सहकार्य गर्दै जीवन बीमाको महत्व र यसको उपयोगिताको बारेमा अझ प्रभावकारी ढङ्गले नेपाली समाजलाई जागृत गराउँदै बीमाको लागि प्रोत्साहन गर्ने कार्यमा नेपाल लाइफलाई अगाडि बढ्न सबैले हौसला मिल्ने अपेक्षा रहेको बताउनुभयो।
प्रतिक्रिया