आइतबार, ३० वैशाख २०८१

बझाङमा १२ बजेदेखि मतगणना गर्ने तयारी

समयपोष्ट २०८१ वैशाख १६ गते १०:३९

Advertisement

बझाङमा मतपेटिका सङ्कलन पूरा भएसँगै मतगणनाका लागि सर्वदलीय बैठकको तयारी भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ११ बजे सर्वदलीय बैठक बसेर १२ बजेदेखि मतगणना गर्नेगरी तयारी भइरहेको छ ।

“अहिले हामी तयारी गरिरहेका छौँ”, मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले भन्नुभयो,“सबै मतपेटिका सङ्कलन भइसकेका छन्, ११ बजे सर्वदलीय बैठक बसेर १२ बजेदेखि तीन स्थानमा गणना थाल्ने योजना छ ।”

प्रतिक्रिया

सम्बन्धित सामाग्री