१६२.८६ % ले बढ्यो हिमालयन एभरेष्ट इन्स्योरेन्सको खुद नाफा
हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा १६२.८६ प्रतिशतले बढेको छ।
सो अवधिमा कम्पनीले ६० करोड ६५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले २३ करोड ७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अ
समीक्षा अवधिसम्म कम्पनीको महाविपत्ति कोषमा १ अर्ब ७१ करोड ३७ लाख रुपैयाँ रहेको छ। कम्पनीकोे रिटेन्ड अर्निङमा ३५ करोड १४ लाख रुपैयाँ र अन्य इक्विटीमा ७ करोड ५५ लाख रुपैयाँ रहेको छ।
समीक्षा अवधिसम्म कम्पनीले २ अर्ब १६ करोड ७७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १ अर्ब ७३ करोड ६९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन २४.८० प्रतिशतले बढेको छ।
कम्पनीले चैतसम्म ८३ करोड ६४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६६ करोड ४३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन २५.९० प्रतिशतले बढेको छ।
समीक्षा अवधिसम्म कम्पनीले ४ करोड ५८ लाख रुपैयाँ अभिकर्ता कमिसनमार्फत खर्चिएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४ करोड ६४ लाख रुपैयाँ खर्चिएको थियो।
समीक्षा अवधिमा कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर ३२.३५ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष यही अवधिमा ईपीएस १३.७४ रुपैयाँ थियो। पीई रेसियो १८.२७ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १८५.४९ रुपैयाँ रहेको छ।
प्रतिक्रिया