आइतबार, २२ असार २०८२

२५४.९२ प्रतिशतले बढ्यो एशियन लाइफ इन्स्योरेन्सको खुद नाफा, ५ अर्ब ७५ करोड शुल्क आर्जन

समयपोष्ट २०८१ वैशाख ३० गते १३:१२

Advertisement

एशियन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

विवरण अनुसार इन्स्योरेन्सले ६९ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १९ करोड ४७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म तुलनामा कम्पनीको नाफा २५४.९२ प्रतिशतले बढेको छ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीको महाविपत्ति कोषमा २६ करोड ३४ लाख रुपैयाँ रहेको छ। यस अवधिमा कम्पनीको रिटेन्ड अर्निङमा ९२ करोड ९ लाख रुपैयाँ रहेको छ। महाविपत्ति कोषको आकार ३५.५६ प्रतिशत र रिटेन्ड अर्निङको आकार २०१.०८ प्रतिशतले बढेको छ।

Advertisement

आर्थिक वर्ष २०७९।८० को असार मसान्तसम्ममा कम्पनीको जीवन बीमाकोषमा ३४ अर्ब ९८ करोड रहेको थियो। अघिल्लो आर्थिक वर्षको असारमसान्तको तुलनामा चैत मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोषको आकार १७.३० प्रतिशतले वृद्धि भएर ४१ अर्ब ३ करोड रुपैयाँ पुगेको छ।

चैत मसान्तसम्म कम्पनीले ५ अर्ब ७५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ५अर्ब १७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन ११.३९ प्रतिशतले बढी हो।

समीक्षा अवधिसम्म कम्पनीले ५ अर्ब ६१ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ५ अर्ब ८ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन १०.४९ प्रतिशतले बढेको छ।

समीक्षा अवधिसम्म कम्पनीले ५० करोड ११ लाख रुपैयाँ अभिकर्ता कमिसनमार्फत खर्चिएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ५२ करोड १७ लाख रुपैयाँ खर्चिएको थियो।

कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर २९.२० रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यी अवधिसम्म ईपीएस ८.२३ रुपैयाँ थियो। पीई रेसियो १९.१९ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १२९.१९ रुपैयाँ रहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री