मंगलबार, ३१ असार २०८२

मुक्तिनाथ विकास बैंकद्धारा दश लाख रुपैयाँ मृत्यु दावी भुक्तानी

समयपोष्ट २०८० वैशाख १५ गते ९:२३

Advertisement

मुक्तिनाथ विकास बैंक लि.ले सवारी दुर्घटनामा ज्यान गुमाएका जय प्रकाश घर्तिको परिवारलाई मृत्यु दावी भुक्तानी दिएको छ ।

बैंकले कोहलपुर न.पा. ११ का जय प्रकाश घर्तिकी श्रीमती सलिना वली घर्तिलाई १० लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।

घर्तिले मुक्तिनाथ उत्कृष्ट बचत खाता खोलेका थिए ।

बैंकले सिद्धार्थ इन्स्योरेन्स लिमिटेडसँगको सहकार्यमा मुक्तिनाथ उत्कृष्ट बचत खाता खोल्ने ग्राहकको बीमा गरेको थियो ।

Advertisement

उक्त रकम बैंकका क्षेत्रीय प्रमुख विजय के.सी र वडा अध्यक्ष कल्पना शर्माले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।

सोही कार्यकक्रमा अन्य जनप्रतिनिधीहरु पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारी, बैंकका कर्मचारीहरु र स्थानीय व्यक्तिहरुको उपस्थिती रहेको थियो । हाल बैंकको परिवार लक्षित रु १ करोड १ लाख सम्मको बीमा सुविधा दिने मुक्तिनाथ आर्शिवाद बचत खाता पनि निकै लोकप्रिय रहेको छ ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभर रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेशिनबाट नि:शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

त्यस गरी प्रिपेड डलर कार्ड , मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री