आई पे रेमिट र राष्ट्रिय वाणिज्य बैंकबिच विप्रेषण भुक्तानी सम्झौता
समयपोष्ट
२०८० वैशाख १२ गते १३:०३
आई पे रेमिट प्रा.लि र राष्ट्रिय वाणिज्य बैंकबिच विप्रेषण भुक्तानी सम्बन्धी सम्झौता भएको छ ।
सम्झौतामा आई पे रेमिट प्रा.लिको कार्यकारी निर्देशक इन्द्र प्रसाद शर्मा र राष्ट्रिय वाण्ज्यि बैंक लि. का विभागीय प्रमुख ऋषि राम ढकालले हस्तमक्षर गरेका छन्।
सम्झौता अनुसार आई पे रेमिट मार्फत मलेसिया, दुबई, कतार, जापान, कोरियाका साथै विश्वका विभिन्न मुलुकबाट पठाएको रेमिटान्स रकम नेपाल भर छरिएर रहेका राष्ट्रिय वाण्ज्यि बैंक लि. को शाखाहरु बाट सजिलै प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
प्रतिक्रिया