सोमबार, ७ जेठ २०८१

फरक पहिचानसहित अघि बढ्दै एनआइबिएल एस क्यापिटल

समयपोष्ट २०८० वैशाख ६ गते ९:४९

Advertisement

मर्चेण्ट बैङ्किङको क्षेत्रमा एक दशक बढीको अनुभव हाँसिल गरेको एनआइबिएल एस क्यापिटल लिमिटेडले आफूलाई फरक पहिचानसहित अघि बढाइरहेको छ । सन् २०१२ मा स्थापना भएको यस क्यापिटल हालका दिनसम्म मर्चेञ्ट तथा ईन्भेष्टमेण्ट बैङ्किङको क्षेत्रमा नेतृत्व गर्दै नवीनतम् सेवाहरु प्रवाह गर्नुका साथै आधुनिक मर्चेण्ट बैङ्किङतर्फ अग्रसर भइरहेको छ । घितोपत्र निष्कासन, शेयर रजिष्टार, लगानी व्यवस्थापन सेवा, सामूहिक लगानी कोष, एसेट म्यानेजमेण्टजस्ता सेवाहरुमा एनआइबिल एस नम्बर एक कम्पनी नै हो । यी क्षेत्रमा यस कम्पनीले इनोभेटिभ तरिकाले अन्य क्यापिटलहरुभन्दा फरक सोचका साथ काम गरिरहेको छ । यस कम्पनीलाई नेपाल इन्भेष्टमेन्ट मेगा बैङ्क (साविकको नेपाल इन्भेष्टमेन्ट बैङ्क) को ब्राण्ड मूल्यले पनि सघाइरहेको छ ।

एनआइबिएल एसले एग्रेसिभभन्दा पनि भ्यालु इन्भेष्टमेण्टमा जोड दिँदै आएको छ । यस कम्पनीले ‘हाई रिष्क, हाई क्यापिटल’ भन्दा पनि व्यक्तिगत क्यापिटलको सुरक्षा गरेर रिटर्न दिनुपर्छ भन्ने मान्यता बोकेको छ । पोर्टफोलियो म्यानेजमेण्ट सर्भिस, म्युचुअल फण्डलगायतमा कम्पनी प्रोटेक्सन गर्ने हिसाबले अघि बढेको छ ।

लगानीको हिसाबले हेर्दा एनआईबिएल एसले दस अर्बको प्राइभेट इक्युटी फण्ड दर्ता गरेको छ, जुन नेपालकै सबैभन्दा ठूलो प्राइभेट इक्युटी फण्ड हो । दस अर्बको प्राइभेट इक्युटी फण्डमा लगानी गर्दा झण्डै एक खर्बभन्दा बढी सम्पत्ति कन्ट्रिव्युट हुन्छ । दस अर्ब भनेको कुनै पनि एउटा कम्पनीको दस प्रतिशत शेयर हुन्छ ।

ओभर अल प्याकेजमा सेवा

Advertisement

अहिले परम्परागत मर्चेण्ट बैङ्किङभन्दा माथि उठेर, भिन्न तरिकाले सम्पत्ति व्यवस्थापनको अवधारणामा एनआईबिएल एस क्यापिटल छ । यस कम्पनीले कुनै मानिसको सम्पत्तिलाई राम्रोसँग कसरी एलोकेट गर्ने ? पोर्टफोलियो गरे पनि नगरे पनि ओभर अल प्याकेजमा सेवा दिँदै आएको छ । शेयर निष्कासन पूर्व कम्पनीले गर्नुपर्ने पूर्वतयारीसम्बन्धी सम्पूर्ण कार्यहरुमा मध्यस्थता तथा परामर्श सेवा प्रदान गर्ने, जसअन्तर्गत क्यापिटल लिमिटेडले प्राइभेट कम्पनीलाई पब्लिक कम्पनी रुपान्तरणमा मध्यस्थता गर्ने, पुँजी संरचनामा आवश्यक परामर्श दिने, निष्कासन प्रक्रिया, आकार र मूल्य निर्धारणमा परामर्श दिने सेवा प्रदान गर्छ । सर्वसाधारणमा शेयर निष्कासन गर्ने सिलसिलामा निष्कासन तथा बिक्री प्रबन्धनसम्बन्धी सम्पूर्ण आवश्यक सेवाहरुसमेत प्रदान गरी शेयर निष्कासनपश्चात शेयर रजिष्ट्रारको रुपमा समेत सेवा प्रदान गर्छ ।

आफूसँग केही रकम भएपछि शेयर किन्ने र लगानी व्यवस्थापन नै गर्ने जुन परम्परागत धारणा छ, त्यसलाई परिवर्तन गर्दै विभिन्न माध्यमबाट नाफा तथा लाभ लिन सकिने विकल्पहरुको विकास गरी सेवा प्रदान गर्दै आइरहेको छ । आफूसँग ठोकिन आएका लगानीकर्ताहरुलाई सम्पत्ति व्यवस्थापन गर्ने भनेको के हो भनेर बुझ्ने, त्यसको सुरक्षा कसरी गर्ने, क्यास फ्लो कसरी मिलाउने, दीर्घकालीन, अल्पकालीन लगानी के हो, केमा लगानी गर्दा रिटर्न आउँछ भन्ने सरसल्लाह दिने र उपयुक्त मार्गदर्शन गरिदिने गर्दछ ।

सञ्चालित योजना

एनआईबिएल एस क्यापिटलले एनआईबिएल म्यूचुअल फण्ड अन्तर्गत पाँचवटा योजनाहरु सञ्चालन गरिसकेको छ, जसमध्ये एक योजना परिपक्व भइसकेको छ । एनआइबिएल एसले ल्याएको पहिलो बन्दमुखी योजना ‘एनआइबिएल समृद्धि फण्ड वान’ सात वर्ष अवधिको र एक अर्ब रुपैयाँ साइजको थियो । त्यो परिपक्व भई एभरेजमा १८ प्रतिशत रिटर्न एकाइ धनिहरुलाई दिएको क्यापिटलका डेपुटी जनरल म्यानेजर सचिन्द्र ढुंगाना बताउँछन् । दोस्रो इक्युटी बेस्ड एनआइबिएल प्रगति फण्ड सञ्चालन ग¥यो । त्यसले अरु सेक्टरमा लगानी नगरी शेयरमा मात्र लगानी गर्छ जुन अहिले पनि सञ्चालनमा छ । त्यसपछि एनआईबिएल सहभागिता फण्ड, देशकै पहिलो ओपन इण्डेड म्युचुअल फण्ड सञ्चालनमा ल्यायो । बीस करोडबाट सुरु गरेको योजना दुई वर्षको दौरानमा एक अर्ब ४० करोड पुग्न लागिसकेको र त्यसको साइज निरन्तर बढ्दो क्रममा रहेको डेपुटी जनरल म्यानेजर ढुंगाना बताउँछन् । उनका अनुसार सुरुमा बजार र नियामकहरूलाई मनाउन दुई वर्ष लागे पनि यसको प्रतिक्रिया राम्रो आइरहेको छ । क्यापिटलले यसलाई फोकस गरेको तीन वर्ष भएको छ । त्यसपछि अर्को बन्दमुखि योजना एनआइबिएल समृद्धि फण्ड टु र एनआइबिएल ग्रोथ फण्ड सञ्चालनमा ल्यायो ।

म्युचुअल फण्डबारे साक्षरता विस्तार

एनआइबिएल एस क्यापिटल नाफा उन्मुख कम्पनी मात्र नभई, सर्वसाधारणलाई म्युचुअल फण्डमा आकर्षित पनि गर्दै आएको छ । म्युचुअल फण्ड भनेकै ओपन इण्डेड म्युचुअल फण्ड हो भनेर नेपालमा सुरुवात गर्ने एनआइबिएल एस क्यापिटल नै हो । संसारभर ओपन इण्डेड म्युचुअल फण्ड नै चल्दछ । क्लोज इण्ड म्युचुअल फण्डको कन्सेप्ट छैन । ओपन इण्ड म्युचुअल फण्डलाई क्यापिटलले सुरुदेखि नै रेगुलेटरी, लगानीकर्ता, विभिन्न संस्थाहरुलाई कन्भिन्स गरेर बीस करोडको आकारबाट स्किम सञ्चालन गरेको थियो । सानो साइजको यो स्किमको पृष्ठभूमिमा सफ्टवेयर डेभलपमेण्ट, एच.आर. डेभलपमेण्ट, पोलिसी डेभलपमेण्ट सबैमा एक्सर्साइज गरेर सुरु गरेको थियो, जसले ओपन इण्डेडको कन्सेप्टमा परिवर्तन नै गरिदियो । इन्ष्टिच्युसनल इन्भेष्टरभन्दा पनि पछिल्लो दुई–तीन वर्षमा यस कम्पनीले साना लगानीकर्ताहरुले पनि लगानी गर्न सक्ने अवस्था बनाइदियो । यसमा हजार रुपैयाँबाट सुरु गरेर बढीमा जति पनि जान सकिन्छ ।

क्यापिटल मार्केटमा रेगुलर लगानी गर्नेभन्दा पनि भिन्न समुदायलाई प्राथमिकतामा राखेर रेगुलर आयस्रोत भएका र वैदेशिक रोजगारीमा गएकाहरुलाई टार्गेट गरेर काम गर्दै आएको छ ।

एनआइबिएलले पे रोल एसआईपी (Payroll SIP) सुरुमै ल्याए पनि सफ्टवेयर, स्ट्राटिजीहरु तयार गरेरमात्र अगाडि बढेको हो । त्यसमा अगाडि बढ्दा आम जनसमुदायलाई सचेतना जगाउँदै अघि बढेको हो । लगानी भनेको के हो ? किन जरुरी छ ? लगानी गर्दा म्युचुअल फण्डमा किन गर्नुपर्छ भनेर एनआइबिएल क्यापिटलले सर्वसाधारण लगानीकर्तालाई आकर्षित गर्दै आएको छ । क्यापिटल मार्केटमा रेगुलर लगानी गर्नेभन्दा पनि भिन्न समुदायलाई प्राथमिकतामा राखेर रेगुलर आयस्रोत भएका र वैदेशिक रोजगारीमा गएकाहरुलाई टार्गेट गरेर काम गर्दै आएको छ । साँच्चै म्युचुअल फण्ड भनेको के हो ? कसको लागि भन्ने डेफिनेसन मिट गर्दैन । क्लोज इण्डेडमा ठूला लगानीकर्ता हुन्छन् । ओपन इण्डेड म्युचुअल फण्डमा सानै लगानीकर्ता चाहिन्छ । साना लगानीकर्तालाई आकर्षित गर्नुपर्छ भनेर एनआइबिएल एस क्यापिटले प्राथमिकतामा राखेको छ ।

आगामी योजना

एनआइबिएल एसले अव कुनै सेक्टरमा मात्र हुने खालको स्टक अथवा इन्डेक्समा डिपेण्ड हुने म्युचुअल फण्डमा लगानी गर्ने योजना बनाएको छ । यस्तै, पोर्टफोलियो म्यानेजमेण्ट सर्भिसमा आक्रामकरुपमा अघि बढ्ने योजना बनाएको छ । सातैवटा प्रदेशमा आफ्ना प्रतिनिधिहरु राखेर त्यसबाट पनि सेवा दिने कोशिस गरिरहेको डेपुटी जनरल म्यानेजर ढुंगाना बताउँछन् । उनका अनुसार, त्योबाहेक एनआइबिएल एसले प्राइभेट इक्यिुटी फण्ड, जुन एनआइबिल इक्यिुटी पार्टनर भनेर दर्ता गरेका थियो, त्यसको पनि लाइसेन्स आइसकेको छ । अब त्यसको म्युचुअल फण्डको अप्रुवल आउने प्रक्रियामा रहेको छ ।

एनआइबिएल एसकोे डिपी एक्सपान्सनमै छ । नेपाल इन्भेष्टमेण्ट बैङ्क र मेगा बैङ्क मर्ज भएपछि अहिले बैङ्कको सञ्जाल ठूलो भएको छ । साढे तीन सय शाखाबाट डिपीको सेवा दिइरहेको छ । क्यापिटल अझ ग्रोइङ फेजमा रहेको छ ।

पहिलेको जस्तो एक सय रुपैयाँमा मात्र शेयर जारी गर्ने नभई प्रिमियममा, बुक बिल्डिङमा पनि हुने भएपछि, पहिले ३० प्रतिशत मात्र शेयर जारी गर्ने, अब १० देखि ४९ प्रतिशतसम्म कति प्रतिशत फ्लोट गर्ने, शेयर फ्लोट गर्दा निर्देशक कति चाहिने, आफ्नो कण्ट्रोल कति गुमाउने, भ्यालु कस्तो हुने, के हुने ? सबै टेक्निकल्ली भइसकेको छ । क्लाइण्टलाई पहिला ३० प्रतिशत शेयर इस्यु गर्ने, फ्लोट गर्ने बजार जे गर्छ गर्छ भन्ने थियो । अहिले त्यो छैन । आईपीओ जारी गर्दा र नगर्दा मेरो मूल्य के हो ? मेरो कण्ट्रोल के हो ? मैले कण्ट्रोल गुमाइरहेको छु भने मैले भ्यालु पाउनुपर्यो भन्ने इस्यु अलि टेक्निकल छ । एनआइबिएल एस क्यापिटलले यी सबै मिक्स गरेर सेवा दिइरहेको ढुंगाना बताउँछन् । एनआइबिएल एसकोे डिपी एक्सपान्सनमै छ । नेपाल इन्भेष्टमेण्ट बैङ्क र मेगा बैङ्क मर्ज भएपछि अहिले बैङ्कको सञ्जाल ठूलो भएको छ । साढे तीन सय शाखाबाट डिपीको सेवा दिइरहेको छ । क्यापिटल अझ ग्रोइङ फेजमा रहेको छ । समयबोध म्यागेजिनको चैत्र अंकबाट ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री