आइतबार, ६ जेठ २०८१

भूगोल इनर्जिको आइपिओ बाँडफाँट

समयपोष्ट २०८० वैशाख ३ गते १५:१२

Advertisement

भूगोल इनर्जि डेभलपमेन्ट कम्पनी लिमिटेडको आइपिओ बाँडफाँट भएको छ ।

बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले आज आइतबार दिउँसो शेयर बाँडफाँट भएको हो ।

क्यापिटलका अनुसार आईपिओमा कुल १२ लाख ५४ हजार ६ वटा आवेदन परेको थियो । ति मध्ये ११ लाख ५३ हजार ५ सय ८३ जनाको आवेदन मात्र भेरिफाई भएको क्यापिटलले जनाएको छ । जस मध्ये पनि योग्य आवेदकको संख्या ११ लाख ४९ हजार १ सय ५१ रहेको क्यापिटलले जनाएको छ ।

माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ । गोलाप्रथाबाट १ लाख ३४ हजार ६ सय ९९ जनाले शेयर पाएका छन् । यी मध्ये ३ जनाले ११ कित्ताको दरले शेयर पाएका छन् भने १ लाख ३४ हजार ९६ जनाले १० कित्ताको दरले शेयर पाएका छन्।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री