सोमबार, ७ जेठ २०८१

मकर जितुमाया सुरी हाइड्रोपावरको आइपिओ बाँडफाँट

समयपोष्ट २०७९ चैत २९ गते १४:०१

Advertisement

मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीको आइपिओ बाँडफाँट भएको छ ।

बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा बुधबार दिउँसो आईपिओ बाँडफाँट भएको हो ।

क्यापिटलका अनुसार कम्पनीको आईपिओमा कुल १३ लाख ४० हजार ८ सय ५१ जनाबाट १ करिड ४९ लाख ३८ हजार ९० कित्ताको लागि आवेदन परेको थियो । जस मध्ये ५९ हजार ४ सय ४९ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार योग्य आवेदकको संख्या १२ लाख ८१ हजार ४ सय २ कायम भएको छ ।

माग भन्दा बढीको आवेदन परेकोले योग्य आवेदकलाई गोलाप्रथा प्रक्रियामा सहभागी गराएर शेयर बाँडफाँट गरीएको छ । गोलाप्रथाबाट १ लाख ३३ हजार ७ सय ३० जनाले धेयर पाएका छन् । यी मध्ये २ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकिले १० कित्ताको दरले शेयर पाएका छन् ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री