सोमबार, ७ जेठ २०८१

महुली लघुवित्तको शेयरमूल्य समायोजन

समयपोष्ट २०७९ चैत २९ गते १०:५१

Advertisement

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन भएको छ।

लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले लघुवित्तको १४.२५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात लघुवित्तको शेयरमूल्य ७३२ रुपैयाँ ६० पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा लघुवित्तको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात मंगलबार, दोस्रो बजारमा लघुवित्तको शेयर प्रतिकित्ता ८३७ रुपैयाँमा कारोबार भएको थियो।

यही समायोजित मूल्यलाई आधार मानेर यस दिन लघुवित्तको शेयर कारोबार खुल्नेछ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री