सोमबार, २४ वैशाख २०८१

शिक्षा प्रणाली प्रविधिमैत्री बन्न सकेन : मुख्यमन्त्री शर्मा

समयपोष्ट २०७९ चैत १९ गते ६:३३

Advertisement

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शिक्षा दक्ष जनशक्तिको कारखाना भएको बताउनुभएको छ ।गल्ली गल्ली संस्थाद्वारा वीरेन्द्रनगर सुर्खेतमा शनिबार आयोजित ‘शिक्षाको वार्षिक स्थिति प्रतिवेदन (असर) कर्णाली २०७८’ को वार्षिक प्रतिवेदन बिमोचन कार्यक्रममा उहाँले शिक्षा समग्र चीजको आर्थिक आधार एवं मूल जग हो भन्नुभयो । पछिल्लो समय शिक्षा श्रमबाट विमुख भएको पनि उहाँले जिकिर गर्नुभयो ।

मुख्यमन्त्री शर्माले भन्नुभयो, “हाम्रो शिक्षा प्रविधिमैत्री बन्न सकेन । यसबाट व्यक्तिको चरित्र निर्माण गर्न भएन । यसमा विनियोजित बजेटको समेत परिचालन सहि तरिकाले हुन सकेन । तसर्थ व्यवस्थापकीय र सञ्चालन क्षमता बढाउन आवश्यक छ ।” शिक्षाको आमूल परिवर्तनका लागि तीनै तहका सरकारहरुले नीतिगत र व्यवस्थापकीय तहबाट सुधार गर्नुपर्ने उहाँको भनाइ थियो ।

कर्णाली प्रदेश सरकारका प्रमुख सचिव डा.गोपीकृष्ण खनालले विद्यालयमा बालबालिकाको पहुँच बढेपनि सिकाइस्तर अपेक्षाकृत हुन नसकेको बताउनुभयो । लैङ्गिक समानता र विद्यार्थी संख्या बढेको छ,” उहाँले भन्नुभयो, “तर गणित र विज्ञानमा अहिले पनि विद्यार्थीहरु कमजोर छन् । प्रमुख सचिव डा.खनालले डिजिटल सुशासन र साक्षरताले पनि कर्णालीको विकासमा सहयोग पुग्ने जनाउनुभयो ।

कार्यक्रममा गल्ली गल्ली संस्थाका प्रतिनिधि राजीव तिमिल्सिनाले सिम्ता गाउँपालिका सुर्खेत, सान्नीत्रिवेणी गाउँपालिका कालीकोट, सिद्धकुमाख गाउँपालिका सल्यान, शिवालय गाउँपालिका जाजरकोट र डुंगेश्वर गाउपालिका दैलेखका ५ देखि १६ वर्ष उमेरका बालबालिकाहरुको नेपाली गणित र अंग्रेजी विषयको आधारभूत सिकाई मापन गरिएको तथ्याङ्क प्रस्तुत गर्नुभएको थियो ।

Advertisement

डुंगेश्वर गाउँपालिका दैलेखका अध्यक्ष सुन्दरकुमार केसी र सिद्धकुमाख गाउँपालिकाका अध्यक्ष भरत गिरीले असर नेपालको अनुसन्धानबाट प्राप्त कुराले स्थानीय सरकारलाई आगामी दिनमा शैक्षिक क्षेत्रको सुधारको योजना निर्माणमा सहयोग पुग्ने बताउनुभयो । यद्यपि प्राप्त तथ्याङ्कहरुको प्रमाणीकरण गरेर मात्र अगाडि बढ्ने अध्यक्षद्वयको भनाई थियो ।

असर नेपाल नामक संस्थाले सन् २०२२ देखि ‘साउथ एशियन, असेसमेन्ट अलायन्सः कम्युनिकेटिङ एण्ड कोल्याबोरेटिङ फर चेन्ज’ नामक कार्यक्रम अन्तरगत कर्णाली प्रदेशका पाँच जिल्लामका एक÷एक गाउँपालिकाहरमा नमूना सर्वेक्षण विधिबाट शिक्षाको वार्षिक स्थिति प्रतिवेदन (असर) सञ्चालन गरेको असर नेपालका कर्णाली प्रदेश संयोजक ललितजंग शाहीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री