आइतबार, १ असार २०८२

मीराको खुलासा,शाहिद बेडरुमा ‘कन्ट्रोल फ्रिक’,यस्ता छन् अन्य बलिउड स्टार्सका ‘बेडरुम सिक्रेट’

समयपोष्ट २०७५ वैशाख ६ गते ८:०७

बलिउडका कलाकारहरु आफना निजी जीवनबारे खुलेर कुराकानी गर्छन् । बलिउडमा केही यस्ता हस्तिहरु छन् जसले आफ्ना निजी जीवनबारे कुरा गरेर दर्शकलार्इ चकित नै पारिदिन्छन् । केही दिन अघिमात्र शाहिद कपुरले आफ्नो र श्रीमती मीरा राजपुतको लाइफस्टाइलबारे कुराकानी गरे ।

Advertisement

त्यसो त शाहिद र मीरालार्इ विभिन्न अन्तर्वार्तामा आफ्नो नीजि जीवनबारे मज्जाले कुराकानी गरिरहेको देख्न सकिन्छ । अन्तर्वार्ताको क्रममा सधैं लजालु देखिने शाहिद कपुरले मीरा राजपूतको बेडरुम सिक्रेट सेयर गरेका छन् ।

शाहिदका अनुसार मीरासँग शाहिदसँग भन्दा धेरै जुत्ता छन् । शाहिद भन्छन्, ‘मीरासँग यति धेरै जुत्ता छ कि उनी अब मेरो दराजमा पनि राख्न थालेकी छिन् । मेरो काम भने त्यहाँबाट भटाभट उनको जुत्ता फ्याँक्नु हो ।’ शाहिदका अनुसार मीराले धेरै पटक शाहिदको कपडा लगाएर सुत्ने गरेकी छिन् । यस्तै, यसअघि मीराले आफ्नो बेडरुम सिक्रेट साझा गरेर निकै चर्चा बटुलेकी थिइन् ।

नेहा धुपियाको टक शोमा मीरा राजपूतले आफ्नो यौन जीवनबारे चकित गरिदिने बयान दिएकी छिन् । नेहाको प्रश्नको जवाफ दिँदै मीराले भनिन्, ‘शाहिद कपूर बेडमा निकै ‘कन्ट्रोल फ्रिक’ हुन्छन् ।’ मीराको यो जवाफमा शाहिदको अनुहार रातो भएको थियो भने मीरा र नेहा भने एक अर्कालाई हेरेर हाँसिरहेका थिए । शाहिद मीराले मात्र नभई बलिउडका अन्य स्टारले पनि आफ्ना नीजि जीवनबारे मज्जाले बोलेका छन् ।

Advertisement

रणवीर सिंहः

रणवीर सिंहले पनि आफ्नो नीजि जीवनबारेको खुलासा करण जोहरको कार्यक्रममा नै गरेका थिए । रणवीरका लागि सेक्सबारे कुरा गर्नु कुनै नौला कुरा होइन । रणवीरले पहिले नै भनिसकेका थिए कि उनले किशोरावस्थामा नै आफ्नो भर्जिनिटी गुमाएका थिए ।

विद्या बालनः

एक अवार्ड कार्यक्रममा पुगेकी विद्याले एक प्रश्नको जवाफ दिएर सबैलाई चकित तुल्याएकी थिइन् । विद्याले स्टेजमा भनेकी थिइन्, ‘मलाई जे मनपर्छ त्यसको मजा रातमा मात्र आउँछ ।’

आलिया भट्टः

एक अन्तर्वार्तामा जब आलियालाई उनको मनपर्ने सेक्स पोजिशन के हो भनेर प्रश्न सोधियो तब उनले निकै मज्जाले आफू एक साधारण महिला भएकाले उनलाई क्लासिक र सिम्पल मेशिनरी स्टाइल मनपर्ने बताइन् ।

भूमी पेडनेकर र आयुष्मान खुरानाः

आफ्नो फिल्म शुभ मंगल सावधानको प्रोमोशनको क्रममा एक अन्तर्वार्ताका लागि पुगेका भूमी पेडनेकर र आयुष्मान खुरानाले एक अर्कालाई जिस्काउँदै जे भने त्यो भाइरल नै भयो । सेक्सबिना कति दिनसम्म बस्न सक्छौ भन्ने प्रश्नको जवाफमा आयुष्मानले घरमा बस्दा सेक्स बिना धेरै समयसम्म टिक्न नसक्ने बताए । यस्तै जिस्कँदै उनले भूमीलाई देखाउँदै भने, ‘उनी त झन् सेक्सबिना एक घण्टाभन्दा बढि बस्न सक्दिनन् ।’

सुशान्त सिंह राजपूतः

सुशान्त सिंह राजपूतले पनि आफ्नो बोल्ड बयानले चकित पारिसकेका छन् । सुशान्तले भनेका थिए, ‘जब सेक्सको कुरा आउँछ तब म बोल्ड तरिका अपनाउन रुचाउँछु ।’ साथै उनले आफूलाई मनपर्ने सेक्स पोजिशन पनि बताए ।

सोनम कपूरः

नेहा धुपियाको टक शोमा सोनमले आफ्नो यौन जीवनबारे त केही पनि बताइनन् तर आफ्ना भाइ हर्षवर्धन कपूरबारे निकै रोचक टिप्पणी भने गरिन् । उनका अनुसार महिलाको विषयमा हर्षवर्धनको रोजाइ निकै नराम्रो छ । उनी भन्छिन्, ‘मलाई लाग्छ कि सेक्सका बेला उनले प्रोटेक्शन अपनाउँछन् होला ।’

अर्जुन कपुरः

करण जोहरले आफ्नो कार्यक्रम ‘कफी विथ करण’ मा अर्जुनलाई सेक्स वा खानामध्ये एकलाई छान्नु परे के छान्छौ भन्ने प्रश्न गरे तब करणले भने ‘सेक्स’ । उक्त कार्यक्रममा अर्जुनले सेक्स प्रेमभन्दा पनि आवश्यक भएको बताए ।
एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री