शुक्रबार, १६ चैत २०८०

खुँजेली बनिन् बाणिज्य बैंकिङमा पहिलो महिला सिइओ

समयपोष्ट २०७४ चैत ३० गते ६:०९

मेगा बैंकले अनुपमा खुँजेलीलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ । बैंकको बिहीबार गोकर्ण फरेस्ट रिसोर्टमा बसेको सञ्चालक समिति बैठकले आगामी चार बर्षका लागि खुँजेलीलाई प्रमुख कार्यकारी अधिकृतको जिम्मा दिएको हो ।

Advertisement

बैंकिङ क्षेत्रमा २७ बर्षे अनुभव भएकी उनले तत्कालिन नेपाल ग्रिन्डलेज बैंक अहिलेको स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट करियर सुरु गरेकी थिईन् । त्यसपछि उनी नबिल बैंक हुँदै मेगा बैंक पुगेकी थिइन्।

ग्रिण्डलेजमा सहायक स्तरबाट जागिर सुरु गरेकी उनले १३ बर्ष त्यहाँ बिताइन्। ‘म्यानेजर’ तहबाट ग्रिण्डलेज छाडेकी उनले सिनियर म्यानेजरका रुपमा नबिल बैंकमा काम गरिन्। त्यहाँ छ बर्ष काम गरेपछि मेगा बैंकको संस्थापक नायव महाप्रबन्धकका रुपमा गइन्।

चार्डर्डबाट अनिल शाह नबिल बैंक आएपछि उनीसँगै खुँजेली पनि आएकी थिइन्। ४/४ बर्षको दुई कार्यकाल सकेर अनिल शाह अवकास भएपछि उनी त्यहाँ कामु प्रमुख कार्यकारी अधिकृत भएकी थिइन्।

खुँजेली मेगाको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएसंगै नेपालको बाणिज्य बैंकिङ क्षेत्रले पहिलो पटक महिला प्रमुख कार्यकारी अधिकृत पाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री