बिहीबार, १३ वैशाख २०८१

टोखाको बिस्केट जात्रा व्यवस्थित बनाइने, दश लाखभन्दा बढी पर्यटक भित्राइने लक्ष्य

समयपोष्ट २०७४ चैत २९ गते १५:२७

काठमाडौंँको ऐतिहासिक शहर टोखामा हरेक वर्ष मनाइँदै आएको बिस्केट जात्रा यस पटक थप व्यवस्थित बनाइने भएको छ ।

Advertisement

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा जात्रा आयोजक समितिले वैभवशाली शहर टोखामा हरेक नयाँ वर्षका अवसरमा मनाइने सपनतीर्थ मेला र वैशाख १ देखि ४ गतेसम्म हुने बिस्केट जात्रामा दश लाखभन्दा बढी तीर्थालु एवं पर्यटक ल्याइने लक्ष्य लिइएको जनाएको छ ।

प्राचीन शहर टोखाको उत्खनन र अनुसन्धानमा पुरातत्व विभागले पनि चासो देखाएपछि जात्रा व्यवस्थापन समितिले टोखामा मनाइँदै आएका परम्परागत पर्वलाई अब विशेष रुपमा मनाउने भएको छ । टोखा बिस्केट जात्रा मूल व्यवस्थापन समिति नेवाः गुथी टोखाले नेपालको पुरानो मानिएको बिस्केट जात्रा आवश्यक प्रचारप्रसारका अभावमा ओझेलमा परेकाले यस पटक भव्य रुपमा मनाइने जनाएको छ ।

जात्रा व्यवस्थापन समितिका सल्लाहकार गणेशमान श्रेष्ठले टोखावासीकै अज्ञानका कारण बिस्केट जात्राले पाउनुपर्ने चर्चा नपाएकाले यस पटक राज्यका विशिष्ट व्यक्तित्वलाई पनि मेला र जात्रामा सहभागी गराउन लागिएको जानकारी दिनुभयो । सल्लाहकार मनिष जोशीले नयाँ वर्ष मनाउने आफ्नै शैलीलाई संरक्षण गरेको टोखाले देशवासीलाई नै सांस्कृतिक सन्देश दिने योजना बनाएको बनाउनुभयो ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री