बिहीबार, २० असोज २०७९

कैदी भाग्ने क्रममा झडप हुदाँ ब्राजिलमा २१ जनाको मृत्यु

समयपोष्ट २०७४ चैत २९ गते ७:४३

ब्राजिलको उत्तरी क्षेत्रमा रहेको एक जेलबाट कैदीहरू भाग्ने क्रममा सुरक्षाकर्मीसँग मङ्गलबार भएको झडपमा परी कम्तिमा २० जनाको मृत्यु भएको ब्राजिलका अधिकारीले जनाएका छन् ।

Advertisement

स्थानीय समय अनुसार बेलेमस्थित दिउसो १ बजे शान्ता इजावेल कारागार भवनमा सशस्त्र समूहले कारागारमा हमला गरी केही कैदीलाई भगाउन खोज्दा उक्त घटना भएको सार्वजनिक सुरक्षा अधिकारीले बताए ।

मृतकमध्ये १९ जना कैदी रहेका र बाँकी उनीहरूका आफन्त रहेका बताइएको छ । घटनामा कैदीको रेखदेखमा खटिएका चार सुरक्षाकर्मी घाइते भएका छन् ।
कारागारका प्रमुख अधिकारीका अनुसार छ जना सुरक्षाकर्मीलाई अपहरण गरेपछि कैदीको भगौडा समूहले जेलभित्र दङ्गा मच्चाएका र उनीहरूलाई नियन्त्रण गर्ने क्रममा कारागारको गेटमा विष्पोटक पदार्थले आक्रमण गरेका थिए ।
तत्काल सुरक्षा गार्डले गरेको प्रतिक्रियाका कारण कैदी भाग्न भने नसकेका बताइएको छ ।
रासस÷सिन्ह्वा

प्रतिक्रिया

सम्बन्धित सामाग्री