शुक्रबार, १४ वैशाख २०८१

सेयर ३.१ अंकले बढ्यो, २८ करोडको सेयर किनबेच

समयपोष्ट २०७४ चैत २८ गते ९:३६

बुधबार सेयर बजारमा १ सय ५८ कम्पनीका ८ लाख कित्ता सेयर २८ करोड रुपैयाँ बराबरमा किनबेच भएको छ ।

Advertisement

आज सबैभन्दा बढी सेयर नबिल बैंकको किनबेच भयो । आज नेप्से परिसुचक ३.१ अंकले बढेर १२७३.३३ अंकले विन्दुमा पुगेको छ ।

आज उपसुचकहरु मिश्रित देखिएका छन् । आज बाणिज्य बैंक समुह उपसुचक ३.२७, जलविद्युत १०.०२, बिमा ४२.१, उत्पादनमुल १२.६ र लघुवित्त समुह ४.७२ अंकले बढेका छन् ।

यसैगरी ब्यापार समुह उपसुचक १७.१४,विकास बैंक ८.६१,फाईनान्स ३.३४ र अन्य समुह १.८४ अंकले घटेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री