बुधबार, २६ वैशाख २०८१

एनआइसी एसिया बैंकको शाखा गीतानगरमा, मेयर रेणु दाहालले गरिन् उद्घाटन

समयपोष्ट २०७४ चैत २६ गते १३:३६

एनआईसी एशिया बैंकले भरतपुर महानगरपालिका-६, चोक बजारस्थित गीतानगरमा शाखा खोलेको छ। शाखाको उद्घाटन भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल र बैंकका सञ्चालक राजेन्द्रप्रसाद अर्यालले गरेका छन्।

Advertisement

उद्घाटनपछि मेयर दाहालले एनआईसी एशिया बैंकले अवलम्बन गरेको शाखा सञ्जाल विस्तार गर्ने रणनीति अग्रगामी कदम भएको भन्दै यस्ता रणनीतिले देशको आर्थिक विकासमा टेवा पुग्ने बताइन्।

सञ्चालक अर्यालले देशका कुना कन्दरामा बसोबास गर्ने स्थानीय सर्वसाधारणहरूलाई वित्तीय सेवाको पहुँचमा ल्याउने र यस यात्रालाई निरन्तरता दिदै जाने बताए।

बैंकका देशभर १९२ शाखा, १९३ एटिएम, ४ वटा एक्स्टेन्सन काउन्टर र ४ वटा ब्रान्चलेस बैंकिङ्ग सेवा छन्। बैंकको वासलातको आकार १५४ अर्बभन्दा वढि पुगेको छ भने बैंकको कुल कर्जा करिब १०६ अर्ब र कुल निक्षेप करिब १३० अर्ब पुगिसकेको कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री