बिहीबार, १३ वैशाख २०८१

यसवर्ष रणबीर-दीपिकाको विवाह नहुने , सिंहले खुलाए कारण

समयपोष्ट २०७४ चैत २६ गते ७:५१

बलिउड अभिनेता रणबीर सिंहले दीपिका पादुकोण र आफुबीच हुने भनिएको विवाहको हल्ला असत्य भएको बताएका छन् । एक म्यागजिनलाई दिएको अन्तर्वार्तामा उनले दीपिकासँग यस वर्ष विवाह नहुने स्पष्ट पार्दै भनेका छन् ,’जबसम्म मैले आधिकारीक रुपमा घोषणा गर्दिनँ तबसम्म यो खबर एक अफवाहबाहेक केही होइन ।

Advertisement

‘हाम्रो विवाह कुन दिन हुन्छ भनेर पनि म भन्न सक्दिनँ किनभने यो भविष्यको कुरा हो ।’अहिले दुबैजना करियर बनाउन व्यस्त भएको बताउने रणबीरले दीपिका ढाड दुखाइको समस्याबाट पनि बिस्तारै बाहिर निस्किरहेको जानकारी दिए ।

‘यदि हाम्रो विवाहको मिति तय भयो भने तपाईंले मलाई कुनै बाल्कोनीबाट चिच्याइरहेको पाउनुहुनेछ,’ उनले भने । रणबीरले दीपिकासँगको विवाहको मिति तय नभइसकेको बताए पनि उनीसँगको विवाहलाई अस्विकार भने गरेका छैनन् ।

दीपिकाले एक अन्तवार्तामा विवाह उनको जीवनको एक महत्वपूर्ण पाटो भएकाले यसबाट टाढा जान नसक्ने बताउँदै उनले अब आफूलाई एक आमा र श्रीमतीको रुपमा हेर्न सक्ने बताएपछि दुबैको विवाहको चर्चा चुलिएको थियो । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री