शनिबार, १५ वैशाख २०८१

सिरियाको सैन्य एयरपोर्टमा मिसाइल आक्रमण

समयपोष्ट २०७४ चैत २६ गते ४:३९

युद्धग्रस्त सिरियाको सैन्य एयरपोर्टमा मिसाइल आक्रमण भएको छ । सिरियाको सरकारी मिडियालाई उद्धृत गर्दै बीबीसीले सो कुरा जनाएको हो । सिरियाको होम्स शहरमा रहेको टी ४ एयरवेसनजिकै विस्फोटका ठूला आवाजहरु सुनिएको र त्यहाँ मिसिाइल आक्रमण भएको बीबीसीले जनाएको छ । खबरका अनुसार सैन्य अड्डामा एयर डिफेन्स सिस्टम सक्रिय थियो ।

Advertisement

सरकारी समाचार एजेन्सी सानाका अनुसार तेफुर एयरपोर्टको टर्मिनल फोरमा थुप्रै मिसाइल हमला गरिएको छ । यद्यपी, अहिलेसम्म यो रिपोर्टको स्वतन्त्र रुपमा पुष्टि भने भएको छैन । यसअघि आइतबार बिद्रोहीहरुको कब्जामा रहेको शहर डोमामा रासायनिक हमलाको खबर सार्वजनिक भएको थियो ।

अमेरिकी उच्च अधिकारीहरुले रिपोर्टमा सत्यता नरहेको जनाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पले पछिल्ला घटनाहरुमा प्रतिक्रिया जनाउँदै सिरियाका राष्ट्रपति बसर अल आसादलाई ‘जनावर’ को संज्ञा दिएका छन् ।

उनले एक ट्वीट गर्दै आसादलाई सघाउने रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरान यसमा जिम्मेवार रहेको बताएका छन् । उनले यसको कडा मूल्य चुकाउनु पर्ने चेतावनीसमेत दिएका छन् । बिबिसी

प्रतिक्रिया

सम्बन्धित सामाग्री