शुक्रबार, १६ चैत २०८०

प्रधानमन्त्रीले भने : भ्रमण यथार्थमै उपलब्धिमूलक

समयपोष्ट २०७४ चैत २६ गते १:१०

प्रधानमन्त्री केपी ओलीले रेलवे, जलमार्ग र कृषिको आधुनिकीकरणसम्बन्धी सम्झौताले भारत भ्रमण यथार्थमै उपलब्धिमूलक भएको बताएका छन् ।

Advertisement

नयाँ पत्रिकामा प्रकाशित यो खबर शुरोजंग पाण्डेले लेखेका छन् तीन दिने भ्रमण पूरा गरी आज स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै भारतले निर्वाचनमार्फत प्राप्त अभिमतलाई स्वीकार्दै तीन महत्वपूर्ण सम्झौतामार्फत नेपालसँगको सम्बन्धलाई नयाँ उचाइमा उठाउन चाहेको स्पष्ट पारे ।

के भने विमानस्थलमा ओलीले ?
भारत जानुअघि संसद् र सार्वजनिक रूपमा भनेको थिएँ– हाम्रो वैदेशिक मामिला मित्रताबाट प्रस्थान हुन्छ । त्यो मित्रता खुलस्त, पारस्परिक सार्भमौसत्ता, स्वतन्त्रता, भौगलिक अखण्डता, जायज हित र स्वाभिमानको सम्मान, अहस्तक्षेप पारस्परिक लाभका आधारमा हुन्छ । यसलाई बेठिक ढंगले संचालन गर्न खोज्दा बास्तविक मित्रता हुँदैन । हामीले त्यहाँ(भारत)मा पनि त्यसैगरी कुरा ग¥र्यौं । सम्माननीय प्रधानमन्त्री नरेन्द्र मोदीजी, राष्ट्रपति, उपराष्ट्रपति, बिभिन्न राजनीतिक दलका नेतालगायत त्यहाँ स्थित कुटनीतिक क्षेत्रसँगको भेटघाटमा एक्काईशौं सताब्दीमा भारतलगायत अन्य मुलुकसँग कसरी सम्बन्ध स्थापित गर्न चाहन्छौं भन्ने बतायौं । उहाँहरुले नेतृत्व तहबाटै सकारात्मक रुपमा लिएर स्वागत गर्नुभो । त्यसैले हाम्रो भ्रमण कुनै बनावटी, देखावटी कुराहरुमा होइन, यथार्थमा उपलब्धिमूलक भयो ।

निर्वाचनको अभिमतलाई स्वागत गर्दै तीन सहमति
–यस पटक यहाँको लोकतान्त्रिक प्रक्रिया अघि बढेर जसरी सुदृढ भयो र जनताको अभिमत जसरी आयो र त्यो अभिमतलाई बोकेर म जसरी गएँ, त्यसलाई भारतले स्वागत ग¥यो । त्यहाँ नेपाली जनताको अभिव्यक्तिको, भावनाको, जनमतको प्रतिनिधित्व भएको थियो र मैले पनि त्यसैगरी कुरा गरेँ । यहाँहरुलाई थाहा छ, केही नयाँ कुरा आएको छ । काठमाडौं रक्सौल रेलवेको कुरा, नदीहरुबाट हामीले आवागमन र यातायातको प्रबन्ध सकेसम्म छिटो मिलाउने र त्यसमा मोदीजीको प्रत्यक्ष अभिव्यक्ति आएको छ । कृषीको आधुनिकीकरण गर्ने सन्दर्भमा पनि महत्वपूर्ण सहमति भएको छ । जसलाई व्यबहारिक रुपमा कसरी अघि बढाउने भन्ने छ ।

अबको बाटो उछाल्ने होइन, गम्भीर वार्ताको
पुराना विषय– सिमा विवाद, डुवान आदी कुराहरुको सम्बन्धमा गम्भीरताका साथ कुरा उठाएका छौं । सकेसम्म कसरी छिटो डुवानको समस्या समाधान गर्न सक्छौं भन्ने कुरा आएको छ । पञ्चेश्वर परियोजनाका सन्दर्भमा टनकपुरमा १ दशमलब ३ किमी नहर नबनेको कुराले परेको नकारात्मक असरका बारेमा ध्यानाकर्षण गराएका छौं । उहाँहरुले छिट्टै काम अघि बढाउने भनेर म दिल्लीमा छँदै तल निर्देशन जारी गर्नुभएछ । आईतबार उत्तराखण्ड जाँदा कतिपय कुरा उत्तराखण्ड सरकारलाई केन्द्रबाट निर्देशन आइसकेको मुख्यमन्त्रीले जानकारी दिनुभयो । कतिओटा कुरा हामीले उठायौं भन्नका लागि होइन, हामी समस्या सम्बादका माध्यमबाट समाधान गर्न चाहान्छौ । सम्बन्धका विभिन्न पक्षहरुमा जहाँ छलफल र निष्कर्ष आवश्यक छ, ती सन्दर्भहरुमा हामीले कुरा गरेका छौं । क्रश बोर्डर क्राइम, ह्युमन ट्राफिकिङका कुरा भएको छ । म आश्वस्त पार्छु, तमाम कुरा उठेका छन्, सकारात्मक कुरा भएको छ । जुन कुराहरु लिखित रुपमा आएको छ, त्यसलाई त्यसैगरी अघि बढाएका छौं । जुन कुरा लिखित आउन बाँकी छ, त्यसलाई उछाल्ने होइन समाधान खोज्ने दिशामा गम्भीर वार्तामा लागेका छौं । अबको बाटो गम्भीर वार्ताको हो ।

नेपाल–भारत सम्बन्ध
कसैले बिगारे बेग्लै कुरा नत्र तस्वीर आफैं बोल्छ
नेपाल भारत सम्बन्ध कस्तो छ ? एउटा भन्ने चलन छ नि, तस्वीर आफैं बोल्छ । के तस्वीर आफैँ बोलेको छैन र ? त्यसकारण अब धेरै भन्नुपर्ला जस्तो लाग्दैन । बिगारेन भने सँधैका लागि राम्रो हुँदै जान्छ । कसैले बिगारे बेग्लै कुरा तर हामी बिर्गादैनौं, हामी सकारात्मक ढंगले अघि बढाउँछौं । त्यसकारण पारस्परिक सम्मान र लाभका आधारमै सम्बन्ध अघि बढ्नुपर्छ र बढ्छ ।

व्यापार घाटामा छलफल
प्रधानमन्त्री ओलीले भारतसँग नेपालको बढ्दो व्यापार घाटा कम गर्ने, उर्जा व्यापारका लागि इनर्जी बैंक स्थापना गर्नेलगायतका विषयमा पनि कुराकानी भएको जानकारी दिए । ा उर्जा व्यापार सम्झौताको प्रभावकारी कार्यान्वयन, पञ्चेश्वर परियोजना अघि बढाउन विस्तृत प्रतिवेदन प्राथमिकताका साथ अनुमोदन गर्ने, महाकाली सन्धीअनुसार नेपालले पाउने सिंचाई सुविधाका लागि पूर्वाधार निर्माण गर्न थप पहल गर्ने विषयमा कुराकानी भएको उनले बताए । त्यस्तै, भूकम्पपछिको पुननिर्माणका लागि भारतको सहुलीयत ऋणका लागि थप पहल गर्ने, व्यापार घाटा क मगर्न द्धिपक्षीय छलफल गर्दै जाने । १९९६ को व्यापार सन्धीको प्रावधान प्रष्ट पार्दै व्यापार घाटा दीर्घकालीन सम्झौता छलफल गर्ने । थप हवाई प्रवेशद्धार उपलब्ध गराउने , नेपाली ग्यास बुलेट संचालनका लागि सहजिकरण गर्नेलगायतका विषयमा सकारात्मक छलफल भएको प्रधानमन्त्रीको दाबी थियो ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओलीलाई रक्षामन्त्री ईश्वर पोखरेल, एमालेका कार्यवाहक अध्यक्ष वामदेव गौतम, सभामुख कृष्णबहादुर महरा, मन्त्रीहरु, उच्चपदस्थ सरकारी अधिकारीहरुले स्वागत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री