बिहीबार, १५ चैत २०८०

एभरेष्ट इन्योरेन्सको दश प्रतिशत बोनस सुरक्षित गर्नुभयो ?

समयपोष्ट २०७४ चैत २५ गते ६:२४

एभरेष्ट इन्योरेन्सले प्रस्ताव गरेको १० प्रतिशत बोनस सेयर सुरक्षित गर्ने आइतबार अन्तिम मिति हो । साधारण सभा प्रयोजनका लागि कम्पनीले सोमबारदेखि शेयरधनी दर्ता पुस्तिका बन्द गर्दै छ । कम्पनीले वैशाख १० हुने साधारण सभामा १० प्रतिशत बोनस वितरणको प्रस्ताव पारित गर्देछ ।

Advertisement

एभरेष्टले प्रस्ताव गरेको लाभांस पाउन आइतबारसम्म सेयरधनी कायम हुनुपर्नेछ । इन्स्योरेन्सको साधरणसभाले हाल कायम चुक्ता पूँजीको दश प्रतिशत बोनस सेयर वितरण गर्ने र तत्पश्चात कायम पूँजीमा ५१ प्रतिशत हिस्सा संस्थापक तथा ४९ प्रतिशत हिस्सा साधारण सेयर कायम गर्ने भएको छ ।

कम्पनीले दश प्रतिशत बोनस पश्चात १०५ प्रतिशत संस्थापक हकप्रद र त्यसपछि सबै सेयरधनीलाई ३०० प्रतिशत हकप्रद बिक्री गर्ने भएको छ । बोनस र दुई चरणको हकप्रद पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब ९ करोड ५९ लाख ३ सय रुपैयाँ कायम हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री