बिहीबार, १३ वैशाख २०८१

प्रधानमन्त्री ओलीलाई सम्मान गारत,गरिबी निवारणमा मिलेर काम गर्ने

समयपोष्ट २०७४ चैत २४ गते ४:५६

रमेश लम्साल

Advertisement

भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले दुई देशबीचको मित्रवत् सम्बन्ध जनचाहनानुसार अगाडि बढ्ने बताउनुभएको छ ।

आफ्नो सम्मानमा भारतले दिएको सम्मान गारत सम्पन्न भएलगत्तै पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले यस क्षेत्रको गरिबी निवारणमा मिलेर काम गर्नुपर्ने बताउनुभयो ।

जनताको जीवनस्तर उकास्नका लागि मिलेर काम गर्नुपर्ने बताउँदै प्रधानमन्त्री ओलीले सरकार र जनस्तरमा विद्यमान दुई देशबीचको मित्रवत् सम्बन्ध विकास र विस्तारमा योगदान पु¥याउन आफू भारत भ्रमणमा आएको बताउनुभयो ।

भ्रमणका अवसरमा भारत सरकार र निजी क्षेत्रसँग छलफल भइरहेको बताउँदै उहाँले आफ्नो भ्रमण फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।

भारतको राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा भारत सरकारका तर्फबाट प्रधानमन्त्री ओलीलाई सम्मान दिइएको हो । सो अवसरमा प्रधानमन्त्री ओलीलाई उहाँका समकक्षी नरेन्द्र मोदीले स्वागत गर्नुभएको थियो । सो अवसरमा नेपाल र भारतका राष्ट्रिय धून बजाइएका थिए ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री