मंगलबार, ११ वैशाख २०८१

राष्ट्रपति ट्रम्पले यसकारण बहिष्कार गरे सञ्चारकर्मीको भोज

समयपोष्ट २०७४ चैत २३ गते १५:३६

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्ष पनि सञ्चारकर्मीको आयोजनामा गरिने भोज कार्यक्रममा सहभागिता नजनाउने निर्णय गर्नुभएको आयोजकले जनाएको छ ।

Advertisement

हामीलाई राष्ट्रपति ट्रम्पद्वारा ह्वाइट हाउसका सञ्चारकर्मीको संगठनद्वारा आयोजनामा यही अप्रिल २८ मा गरिने वार्षिक भोज कार्यक्रममा सहभागिता नजनाउने राष्ट्रपतिको कार्यालयले सूचना दिइसकेको छ, भोज आयोजक संगठनका अध्यक्ष मार्गरेट तालेवले शुक्रबार एक विज्ञप्तिमार्फत् जानकारी गराउनुभएको छ ।

अमेरिकी राष्ट्रपतिले सिएनएन र न्यूयोर्क टाइम्सजस्ता अमेरिकी प्रमुख सञ्चारमाध्यमहरू निरन्तर आफूविरूद्ध पूर्वाग्रही बनेको बताउँदै आउनुभएको छ ।

ट्रम्पले गतवर्ष भोज भइरहेकै समयमा आफ्ना समर्थकहरूले आयोजना गरेको प्रदर्शनमा सहभागिता जनाउनुभएको थियो ।रासस÷एएफपी

प्रतिक्रिया

सम्बन्धित सामाग्री